
काठमाडौ / राप्रपामा वर्षौ देखिको विरासत ढा’ल्दै युवाको नेतृत्वमा पार्टी पुगेको छ । महाधिवेशनमा भएको निर्वाचनवाट अध्यक्षमा कमल थापालाई ह’राउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले ह’राउँदै लिङ्देन विजयी भएका हुन् ।
निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार लिङ्देन १८४४ मत ल्याउनु भयो भने परा’जित थापाले १६१७ मत ल्याउनु भएको छ । ४३१ मत ब’दर भएको बस्नेतको भनाइ छ । राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८७३ मत खसेको थि’यो ।
मतपरिणामको औपचारिक घो’षणा हुन भने बाँकी छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रा’तभर मतगणना भएको थियो ।
अर्को समाचार :- नेपाली कांग्रेसको बागमती प्रदेश सभापति चुन्न मतदान दोहोर्याउनुपर्ने भएको छ। शनिबार भएको निर्वाचनमा कुनै पनि उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि फेरि मतदान गर्नुपर्ने भएको हो।
कांग्रेसको निर्वाचन समितिका अनुसार शनिबार भएको मतदानमा बागमती प्रदेश सभापति पदका उमेदवार इन्द्र बानियाँले ९९२ र उनका प्रतिस्पर्धीहरू जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन्।
अब दोस्रो चरणमा पहिलो र दोस्रो बढी मत ल्याउने उमेदवारबीच मात्र प्रतिस्पर्धा हुनेछ। शनिबार हेटौँडामा सम्पन्न मतदानमा कूल २ हजार १५१ मतदातामध्ये २ हजार ८३ मत खसेको थियो। शनिबारै म’ध्यरातिदेखि मतगणना सुरु गरिएको थियो।