
काठमाडौं / वि.सं. २०४२ सालअघि नै चो’री भएर अमेरिकाको टेक्सस पुर्याइएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाइ पहिलेकै मन्दिरमा प्रतिस्थापन गरिएको छ ।
शनिबार ३८ वर्षपछि ललितपुरको पट्को टोलमा बाजागाजा र पूजा अर्चनासहित मन्दिरमा प्रतिस्थापन गरिएको हो ।
गत चैत अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो भने त्यसलगतै अमेरिकी दूतावासले मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा रहेको पाइएपछि नेपाल फर्काउन पहल गरिएको थियो ।