
काठमाडौं / नेपाल राष्ट्र बैंकले आफ्नो एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक का’टिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई का’लो सूचीमा राख्ने व्यवस्था गरेको छ ।
यसअघि पटक–पटकसम्म पनि का’टिएको चेक रकम भुक्तानी नभए का’लो सूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले एक हप्ताको सीमा तो’केको हो ।
सर्वो’च्च अदा’लतले चेक बा’उन्सको मु’द्दा सर’कारवादी नहु’ने गरी ब्याख्या गरेपछि राष्ट्र बैंकले नयाँ नीति लिएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्थापछि अब कसैले का’टेको चेकमा उल्लेखित पैसा खातामा नभए बढीमा एक हप्तामै भुक्तानी गरिसक्नु पर्नेछ । चेक का’टेको एक हप्तामा पनि भुक्तानी नभए राष्ट्र बैंकले का’लो सूचीमा राखेर का’रबाही अघि बढाउने छ ।
का’टिएको चेकको खातामा रकम अपु’ग भएमा वा हस्ताक्षर नमि’लेमा बैंकले एक साताको समयसीमा दिएर रकम भुक्तानी गर्न खातावालालाई जानकारी दिनु पर्ने निर्देशनमा उल्लेख गरिएको छ ।
त्यो अवधिमा पनि भुक्तानी नभए बैंकले नै कर्जा सूचना केन्द्रमा का’लो सूचीका लागि पत्राचार गर्नु पर्ने राष्ट्र बैंकले बताएको छ । सो अनुसार बैंकले काम नगरे बैंकलाई समेत का’रबाही हुने राष्ट्र बैंकले बताएको छ । – आर्थिक न्यु’ज बा’ट ।