
काठमाडौं/ सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेललाई दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।
यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।
नेकपा आफ्नो पार्टीको नाम भएकोले अर्को पार्टीलाई यो नाम दिन नपाइने भन्दै ऋषि कट्टेलले दायर गरेको रिटमा न्यायाधीश वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अघिल्लो हप्ता बहस सकेपछि निर्णय सुनाउने दिन तोकेको थियो।
त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह लिएर सहभागी भएको थियो।
नेपाल कम्युनिष्ट पार्टी २०४८ साल अघिदेखि नै आयोगमा दर्ता छ।