सोमबार ०३ माघ २०७८

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन चलिरहेकै बेला अध्यक्ष कमल थापा र रेखा थापाबिच फेस’बुक यु’द्ध सुरु भएको छ । उनीहरुले एक अर्काको अन्तर्वार्ता भिडियोलाई सामाजिक संञ्जाल फेस’बुकमा सेयर पो’ष्ट गर्दै फेस’बुक यु’द्ध सुरु गरेका छन ।

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन चलिरहेको छ । कमल थापा राप्रपाको पुनः अध्यक्षमा दोहोरिन अध्यक्षका लागि उम्मेदवारी दर्ता गराईसकेका छन । उनको प्रतिशपर्धी राजेन्द्र राजेन्द्र लिङदेन हुन ।

त्यस्तै रेखा थापले पनि अर्का पार्टी अध्यक्षका दाबेदार राजेन्द्र लिङदेन प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिइसकेकी छिन । रेखा थापाको प्रतिशपर्धी कमल थापा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिइसकेकी पूर्वराज्यमन्त्री कुन्ती शाही छिन ।

रेखा थापाले करिब एक वर्ष अघि एक अन्तर्वार्तामा आफु राजतन्त्र नभएर गणतन्त्रको पक्षमा रहेको बताएकी थिइन । तर उनी आफु रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको एजे’न्डा भनेकै गणतन्त्रलाई उ’ल्टाएर राजतन्त्र स्थापना गर्ने रहेको छ ।

सोही अन्तर्वार्तामा आफु गणतन्त्रको पक्षमा रहेका अभिव्यक्तिलाई दै’निक न्यू’ज नेपा’लले समाचार बनाएको थियो । त्यो अहिले सामाजिक संञ्जालमा भाइरल भइरहको छ ।

राजतन्त्र र हि’न्दु राष्ट्र पुनःस्थापना गर्ने एजेन्डा बोकेकै पार्टीको एक जिम्मेवार नेत्री र अहिलेको महामन्त्रीको उम्मेदवारीले नै त्यस्तो अभिव्यक्ति दिएपछि आ’लोचना र टि’प्पणी हुनु स्वाभाबिक नै थि’यो । तर त्यो बेला रेखा थापाले आफु गणतन्त्रको पक्षमा रहेको अभिव्यक्तिको कुनै चर्चा वा ख’रो टि’प्पणी समेत भएन । तर त्यो अभिव्यक्ति अहिले ठ्याकै महाधिवेशनमा खुबै चर्चा र बिभिन्न खालको टिप्पणी भइरहेको छ ।

पहिले कमल थापाले रेखा थापाले म गणतन्त्रको पक्षमा छु, भन्ने अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई ५२ सेकेन्डको अशं फेस’बुकमा पोष्ट गर्दै हाहाहा!नो कमेन्ट लेखेका छन । त्यसलाई ३ हजारले लाईक, ७ सय कमेन्ट र करिब २ सयले सेयर गरेका छन । त्यसमा मिश्रित प्रतिक्रिया आएको छ ।

कमल थापाले आफ्नो पुरानो अन्तर्वार्ताको अशंलाई का’टेर फेस’बुकमा पोष्ट गरेपछि रेखा थापाले पनि कमल थापाले एमसीसी ठिक छ, निश्चित रुपमा पास गर्नुपर्छ भन्दै दिएको अन्तर्वार्ताको सानो ३० सेकेन्डको अशंलाई का’टेर नो कमेन्ट लेख्दै आफ्नो फेस’बुकमा पो’ष्ट गरेकी छिन । चक्रसेर राई / दै’निक न्यु’ज नेपाल बा’ट ।

५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया