सोमबार ०३ माघ २०७८

धनकुटा / पुस्तान्तण र रुपान्तरणको अभियान संचालन भैरहेको नेपाली कांग्रेसभित्र नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट नेपालकै कान्छा सभापति बनेका छन्, धनकुटाका दिनेश राई । नेपाली कांग्रेसको ७७ जिल्ला सभापति मध्ये राई सबैभन्दा कम उमेरका सभापति भएकाले अहिले चर्चामा आएका हुन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका राई नेविसंघका स्कुल, क्षेत्र र क्याम्पस सभापति भए । यस्तै तरुण दल धनकुटाका जिल्ला अध्यक्ष हुदै उनी पाटीको १३ औं महाधिवेशनमा जिल्ला कोषाध्यक्ष निर्वाचित भएका थिए । राई ४० वर्षको उमेरमा सभापतिमा निर्वाचित भएका हुन् ।

राई तरुण दलकै पूर्व केन्द्रिय सदस्य कमोट फागोसँग सभापतिमा प्रतिस्पर्धा गरेका थिए । जिल्लामा नेपाली कांग्रेसको संगठन विस्तार राईकै सक्रियतामा ब्यापक रुपमा हुदै गएको छ । राई जिल्लामा लोकप्रिय युवा नेताका रुपमा स्थापित हुदै गएका छन् ।

अहिले कांग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणको बहस चलिरहेको समयमा राई अहिलेसम्म निर्वाचित जिल्ला सभापतिहरुमा कम उमेरको रहेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

कांग्रेसको १४ औ जिल्ला अधिवेशनबाट निर्वाचित हुने धनकुटा जिल्लाका पदाधिकारीहरु सबै ४५ वर्ष भन्दा कम उमेरका छन् । जसमा उपसभापतिद्वय सुनिल डंगोल, निर्मल ओझा, सचिवद्वयमा विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, सहसचिवद्वयमा गिरिजाप्रसाद दाहाल र रोशन श्रेष्ठ छन् ।

यसबाट धनकुटा कांग्रेसमा पुरै पुस्तान्तरण भएको मान्न सकिने सचिव राई बताउँछन् । यसैगरी प्रदेश सभा क्षेत्रीय सभापती क का जितेन्द्र राई र ख का राजन पौडेल पनि ४५ वर्ष भन्दा कम उमेरका रहेका छन ।

धनकुटा जिल्लाको कांग्रेसको अधिवेशनबाट पुरै नयाँ पुस्ता नेतृत्वमा आएकाले अभिभावकहरुको अनुभव, सल्लाह, आर्शिवाद लिएर युवा शक्ति परिचालन गरी पार्टीमा परिवर्तन र रुपान्तरणको अभियानलाई व्यापक संचालन गर्ने जिल्ला सचिव विजयसन्तोषी राईले बताए ।

उनकाअनुसार कान्छा सभापति राईले धनकुटामा कहिले पनि प्रतिनिधि सभामा कांग्रेस निर्वाचित हुन नसकेको अवस्थालाई अ’न्त्य गरी आगामी निर्वाचनमा प्रतिनिधि सभासहित प्रदेश तथा स्थानीय तहमा कांग्रेसलाई विजयी गराउने जिम्मेवारी रहेको छ । उनले सभापति राईले आगामी दिनमा सबैले देखिने र महसुस गर्ने गरी परिवर्तन गर्ने विश्वास जनाएका छन् । – धनकुटा न्यु’ज बा’ट ।

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया