शुक्रबार १९ जेठ २०८०

विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश १ को सम्मेलन आगामि मङ्सिर २५ गते गर्ने भएको छ ।

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । जसमध्ये पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेका छन् । आयोजक २५० र मनोनित गरेर उक्त संख्यामा सहभागी हुने राईले बताए ।

मोरङको विराटचौकको जेसिस भवनमा हुने सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने राईले जानकारी दिए । उनका अनुसार सम्मेलनको उद्घाटन सत्रपछि सोही दिन बन्द–शत्र सुरु हुनेछ ।

‘राजनीतिक र वैचारिक पक्षमा भोलीपल्ट बिहानसम्म बहस हुने र प्रतिवेदनहरू पारित हुनेछन्,’ राईले भने, ‘समिति निर्माणको काम सहमतिमै २६ गते टुंगो लाग्नेछ ।’

नेतृत्वको विषयमा भने पार्टी नेता तथा कार्यकर्ताहरुको सहमतिमै टुंग्याइने उनले बताए । हालसम्म प्रदेशका अधिकांश पालिकाहरुको अधिवेशन सम्पन्न भइसकेको राईको भनाइ छ ।
– हा’म्रो मत ड’ट कम बा’ट ।

१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया