शुक्रबार १९ जेठ २०८०

काठमाडौं / विदेशबाट आ’फूखुसी ल्याइएका मोबाइल फोन नेपालमा नच’ल्ने भएका छन् । अनौपचारिक रूपमा ल्याएका त्यस्ता मोबाइल सरकारले नेपालमा नच’ल्ने बनाउन लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले जुनसुकै माध्यमबाट मोबाइल भित्रिए पनि नेपालमा द’र्ता नगरी नच’ल्ने बताउन लागिएको बताएका छन् ।

विदेशबाट अनौपचारिक रूपबाट आउने मोबाइल फोन व्यवस्थित गर्न लागिएको उनको भनाइ छ। वैदेशिक रोजगारीबाट फर्किंदा अधिकांशले मोबाइल फोन ल्याउने गर्छन्। परिवारका सदस्यलाई समेत मोबाइल ल्याइदिने चलन बढ्दै गएको छ।

अर्थमन्त्री शर्माले अवैध रूपमा आयात हुने मोबाइल फोनलाई रोक्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) त’त्काल लागू हुने घोषणा गरे। रेमिट्यान्सबाट देश धानिएकाले उनीहरूलाई मोबाइल ल्याउन ब’न्देज गर्न नसकिए पनि व्यवस्थित गर्न सरकार क्रियाशील भएको उनको भनाइ छ।

मोबाइल द’र्ता हुँदा चो’री, नि’कासी रो’किने सरकारको बुझाइ छ। अवै’ध रूपमा भित्रिने मोबाइलबाट राजस्व उठाउन सरकारले नयाँ नि’यम ल्याउन लागेको हो। लामो समयदेखि यस्तो सिस्टम ल्याउन सरकारको तयारी भए पनि कार्यान्वयन हुन सकिरहेको थि’एन।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले मंसिरभित्रै एमडीएमएस लागू गर्ने बताए । उनले भने, ‘को’रोनाका कारण सिस्टम ला’गू गर्न ढि’लाइ भए पनि अब छिट्टै कार्यान्वयन गर्छौँ।’ प्राधिकरणले उक्त सिस्टम लागू गरेपछि विदेशबाट ल्याउने मोबाइल दूरसञ्चारमा अनि’वार्य द’र्ता गर्नु पर्नेछ।

द’र्ता नग’री मोबाइल नच’ल्ने भएकाले त’स्करी गरी ल्याएका मोबाइल निय’न्त्रण हुने सरकारको वि’श्वास छ। द’र्ता गर्दा सरकारलाई १३ प्रतिशत भ्याट र ड्युटी शुल्क साढे २ प्रतिशत गरी साढे १५ प्रतिशत थप शुल्क लाग्छ।

कुनै समय विला’सिताको रूपमा राखिएको मोबाइल अहिले अत्याव’श्यक बन्दै गएको छ। गाउँघरसम्मै, बुढापाकाको हातसम्म स्मार्ट फोन पुग्न थालेको छ। पछिल्लो समयमा मोबाइलको प्रयोग दिनानुदिन बढ्दै गएको छ। नेपालको जनसंख्याभन्दा पनि बढी मोबाइल भित्रिएको छ।

प्राधिकरणका अनुसार तीन करोडभन्दा बढी मोबाइल भित्रिएको छ। त्यसबाहेक विदेशबाट आउँदा ल्याइएका मोबाइलको गणना गरिएको छैन। नेपालको जनसंख्या ३ करोड हाराहारीमा छ। त्यसमध्ये ८० लाखभन्दा बढी नेपाल बाहिर रहेको बताइन्छ। कसैसँग दुईवटा मोबाइल सेट हुने गरी पनि औसतमा सबैको हातहातमा मोबाइल पुगेको जानकारहरू बताउँछन्।

नेपाल मोबाइल वितरक संघका अनुसार चालू आर्थिक वर्षको चार महिनामा १० अर्ब बढीको मोबाइल भित्रिएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा ३७ अर्ब रुपैयाँको मोबाइल भित्रिएको थियो। संघका अध्यक्ष दिनेश चुल्यादाका अनुसार करिब ३० प्रतिशत मोबाइल अवै’ध रूपमा आयात भइरहेको छ। – तुलसी सुवेदी / अ’न्नपूर्ण पो’ष्टबाट ।

६६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया