आइतबार २१ जेठ २०८०

धनकुटा / नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत धनकुटा जिल्लाबाट महाधिबेशन प्रतिनिधिमा २१ वर्षी’या करुणा कटुवाल विजयी भएकी छन् ।

केन्द्रीय महाधिबेशन प्रतिनिधि प्रत्यक्ष महिला तर्फ ५ सय ५९ मत ल्याई उनी केन्द्रिय प्रतिनिधिमा निर्वाचित भएकी हुन् । उनी नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समिति सभापति समेत रहेकी छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत धनकुटा जिल्ला महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत परिणम सार्वजनिक भएको छ ।

मत परिणम अनुसार पूर्व जिल्ला सभापती हरिकुमार राई , मनोहर नारायण श्रेष्ठ, निर्वतमान सभापती अग्नी प्रसाद पौडेल, निर्वतमान उपसभापती नविनकिशोर शाक्य, अजित नारायणसिंह थापा,आनन्दसन्तोषी राई, लेखनाथ पौडेल,गंगाराम ढुगांना, खेमराज पौडेल, थिरेन्द्रबहादुर लिम्बु विजयी भएका छन् ।

विजयी मध्ये पूर्व जिल्ला सभापती हरिकुमार राई, लेखनाथ पौडेल,गंगाराम ढुगांना, खेमराज पौडेल संस्थापन इतर समुह बाट विजयी भएका हुन् ।

त्यस्तै केन्द्रिय महाधिबेसन प्रत्यक्ष महिला तर्फ बाट अन्जना ताम्ली,इन्दिरा थापा, करुणा कटुवाल र सुमना तिम्सिना विजयी भएका छन् । कटुवाल र तिम्सिना देउवा पक्ष प्यानल बाट उम्मेद्धवमर भएका हुन् भने ताम्ली र थापा संस्थापन इतर समुहका हुन् ।

त्यस्तै आदिवासी जनजाती पुरुष तर्फ हर्क चेम्जोग, प्रकास कुमार राई थुलुग र मणिकुमार लिम्बु चेम्जोग बिजयी भएका छन् । लिम्बु संस्थापन इतर समुहका हुन् भने चेम्जोग र राई देउवा पक्षका हुन् ।

आदिवासी जनजाति तर्फ महिला तर्फ लिला सुब्वा, मीनाकुमारी राई तुम्वा, सिता प्रधान विजयी भएका छन् । तुम्वा संस्थापन इतर बाट हुन भने सुब्वा र प्रधान संस्थापन पक्ष का उमेदवार थिए ।

त्यस्तै समानुपातिक खस आर्य तर्फ महेन्द्र निरौला र दुर्गा सुवेदी विजयी भएका छन् निरौला संस्थापन इतर र सुवेदी संस्थापन पक्षका हुन् ।

त्यस्तै अ’ल्पसंख्यक अपां’ग तर्फ उदयबहादुर लिम्बु र द’लि त तर्फ शिवराज विश्वकर्मा विजयी भएका छन् उनिहरु दुवै जना देउवा पक्ष बाट उमेदवार बनेका थिए ।

५२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया