शुक्रबार १९ जेठ २०८०

एजेन्सी / पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपे’टामा विभिन्न देशका सर्वसाधारण परेका छन् । मूल्यवृद्धिको कुनै भौगोलिक सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई रा’हत दिने कार्यक्रम लागू गर्छन् ।

भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ । सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो ।

बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ । दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९।४ प्रतिशतमा झारेको छ ।

सरकारले जनतालाई राहत दिन बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अब यातायात र दैनिक उपभोग्य सामग्रीको ढुवानीको भाडा पनि घट्ने आशा गरिएको छ ।

४८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया