शुक्रबार १९ जेठ २०८०

चितवन / नेकपा एमालेका नेता लालबाबु पण्डितले आफू सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घो’षणा गरेका छन् ।

एमालेको केन्द्रीय सदस्य पद अस्वी’कार गरेका नेता पण्डितले आफु सम्पूर्ण कार्यकारी पदबाट बिदा भएको घो’षणा गर्दै चितवनमा जारी महाधिवेशनमा मतदान नगरी बाहिरिएका छन् ।

पदाधिकारीको आकांक्षी रहेका उनलाई अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै प्र’स्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राखेपछि अस’न्तुष्टि जनाएका थिए ।

महाधिवेशनबाट बाहिरिँदै उनले विहान सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।’

‘मैले त्या’गिदिएँ अब संगठित सदस्य भएर बस्छु, प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता पण्डितले भने । फा’ईल तस्वीर ।

५४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया