
काठमाडौँ / अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल निगमका अनुसार करिब एक हप्ताअघि प्रतिब्यारेल ८२ डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ ।
को’रोनाको नयाँ भे’रियन्ट ओ’मिक्रोनको प्र’भाव र अमेरिकाले रणनी’तिक भण्डारणबाट पाँच करोड ब्यारेल पेट्रोलियम पदार्थ निकासा गरेपछि कच्चा तेलको मूल्य घट्न थालेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “कच्चा तेलको मूल्य बिस्तारै घट्न थालेको छ, विशेष गरी अमेरिकाले भण्डारण गरेको तेल बजारमा पठाउनु र को’रोनाको नयाँ भे’रियन्टका कारण घट्ने स’म्भावना छ, सुधारको सङ्केत देखिएको छ ।”
निरन्तरको मूल्य वृद्धिले हरेक १५ दिनमा दुई अर्ब घाटा बेहोरिरहेको निगमले सञ्चित रकमबाट पूर्ति गरिरहेको छ । निगमसँग हाल सञ्चित रकम करिब छ अर्ब रुपियाँ रहेको छ ।
पछिल्लो घा’टालाई हेर्दा सो रकम तीन महिना पुग्ने देखिन्छ । मूल्य स्थिरीकरण कोषमा १२ अर्ब रुपियाँ सञ्चित छ, जुन रकम चलाइएको छैन । स्थिरिकरण कोषको रकम निकासाका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुम’ति दिनुपर्छ ।
कर्मचारी बोनसका लागि सञ्चित गरिएको रकम तीन अर्ब रुपियाँ छ । सो रकम पनि नचलाइएको निगमका प्रवक्ता उपाध्यायले बताए । यी सब गर्दा निगमसँग हाल २१ अर्ब रुपियाँ रकम रहेको छ । यो समा’चार गोर’खापत्र दैनि’कमा छा’पिएको छ ।