
ब्रसेल्स / नेपाल पत्रकार महासंघ यूरोप शाखाको आगामी निर्वाचनको लागि निर्वाचन समिति गठन गरिएको छ ।
शाखाका अध्यक्ष केजीन राईका अनुसार निर्वाचन समितिको संयोजकमा महासंघ केन्द्रीय सदस्य डा. राजेश चाम्लिङ्ग, सदस्य सचिव डा. उदयदेव आचार्य, सदस्यमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य राजकुमार दिक्पाल रहेका छन् ।
त्यस्तै शाखाको निर्वाचनको लागि केन्द्रीय प्रतिनिधिको रुपमा नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष चिरन शर्मा तोकिएका छन् भने पर्यवेक्षकमा महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापा र नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गीलाई खटाइएको छ ।
शाखाको निर्वाचन अबको केही हप्ता भित्र गर्ने तयारी गरिएको अध्यक्ष राईले जानकारी दिए ।