सोमबार ०३ माघ २०७८

चितवन / नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ । मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन आज मध्यान्ह १२ बजे नारायणी किनारमा उद्घाटन भएको छ ।

महाधिवेशनको लागि देशरभबाट कार्यकर्ताहरुलाई चितवन आएका छन् । महाधिवेशनको लागि आएका कार्यकर्ताहरु नारायणगढका गल्ली गल्लीमा देखिएका छन् । विभिन्न ठाउँहरुबाट र्‍या’ली निस्किन थालेको छ ।

महाधिवेशनको रौनकतासँगै चितवन केपी ओलीमय भएको छ । यसअघि विधान महाधिवेशनमा पानीको बोटलमा समेत छाएका ओली १०औँ महाधिवेशनमा माक्स र टोपीमा छाएका छन् । केही व्यापारिक समूहले केपी ओलीको तस्बिर अंकित मास्क छापेका हुन् ।

उनीहरूले एमालेकै कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुन आउनेहरुलाई टोपी र मास्क बेचिरहेका छन् । महाधिवेशन अंकित क्याप २०० रुपैयाँमा बिक्री गरिरहेका छन् भने पाँच रुपैयाँ पर्ने मास्क ५० रुपैयाँमा बेचिरहेका छन् । न्यु’ज 24 नेपा’लबाट ।

१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया