आइतबार १७ मंसिर २०८०

काठमाडौं/ धुम्रपानको लत लागिसकेपछि छोड्न त्यती सजिलो हुँदैन । निश्चय नै यसको लागी आत्मबलको खाँचो पर्दछ । जसले आफ्नो मन र इन्द्रि’यलाई नियन्त्रण गर्न सक्दैन त्यसले चाहेर पनि धु’म्रपान तथा सुर्ति’जन्य पदार्थहरुको से’वन त्याग्न सक्दैन ।

धुमपान छुटाउने कुनै अचुक औषधि छैन तर छोड्न सकिन्छ । धेरैले छोडेका पनि छन् । धुम्रपान गर्ने धेरैजसोलाई सोध्दा उनीहरुलाई यसबाट हुने हानिहरुबारे एउटै गुनासो के छ भने धुम्रपान छोड्नलाई सकिरहेका हुदैनन् । धुम्रपान छोड्न पर्याप्त तरिकाहरु तथा सुचना र जानकारीमुलक सामाग्रीहरु भेटिदैनन् ।

धुम्रपान छोड्न चाहनेले उपयुक्त योजना बनाउन पर्दछ । धुम्रपान किन, कहिले र के का लागी छोड्ने र कसको सहयोग लिने भनेर स्पष्ट हुनुपर्छ । धुम्रपान पुर्ण रुपले छोड्नलाई कसैको सहयोग आवश्यक पर्दछ भन्ने बिर्सनु हुदैँन ।

धुम्रपान एकैपटक चट्टै छोड्न पनि सकिन्छ । भने संख्या कम गर्दै वा धुम्रपान गर्न ढिलाई गरेर पनि छोड्न सकिन्छ । तर छोड्न चाहानेले एकै पटक चट्टै छोड्न सक्दा उपयुक्त हुन्छ किनभने संख्या कम गर्ने उपाय त्यति सफल नहुन सक्छ भने धुम्रपान गर्न ढिलाई गर्दा पनि लामो समयसम्म तल तल लाग्न सक्छ ।

योजनाबद्ध ढंगले धुम्रपान छोड्दा अवश्य सफल भइन्छ । त्यसका लागी यस्तो तरीका अपनाएमा सफल हुने सम्भाबना अधिक रहन्छ ।

सर्वप्रथम, धुम्रपानसँग सम्बन्धित बानि व्यहोरा हटाउन आफ्नो जिवनशैली नै परिर्वतन गर्नुपर्ने हुन्छ । जिवनशैली परिर्वतन बिहान देखि नै शुरु गर्नुपर्ने हुन्छ ।

धुम्रपान छोड्दा एउटा निश्चित दिन तोक्दा उपयुक्त हुन्छ । उदाहरणका लागी परिवारको कुनै व्यक्तिको जन्मदिन अथवा नँया बर्ष जस्ता दिन निश्चित गर्न सकिन्छ ।

धुम्रपान छोड्नुभन्दा पहिला यसले हुने हानिबारे स्पष्ट हुनुपर्छ । यसले फाइदा गर्दैन केवल हानि मात्र गर्छ भन्ने मनमा लिनुपर्छ । यसको वास्तविकता पनि यहि हो ।

धुम्रपान छोड्न चाहानेले आफु बस्ने कोठाहरुमा यसले गर्दा हुने हा’निहरुको तस्विर वा चित्र टाँस्ने गर्नुपर्छ । जसका कारण धुम्रपानतिर ध्यान केन्द्रित हुँदैन ।

धुम्रपान गर्न मन लाग्ने चाहाना रहित वातावरणको सृजना गर्ने त्यसका लागी धुम्रपान सम्बन्धि सामाग्रीहरु चुरोट, सलाई, एष्ट्रे आफुसँग नराख्ने ।

धुम्रपान गर्न मन लागेको बेला धुम्रपानको अलावा अन्य केहि उपाय अपनाउन सकिन्छ ।
चुइगम वा ल्वाङं चपाउने

बिस्तारै लामो श्वास लिने र फाल्ने
प्रशस्त पानी पिउने
अन्य रचनात्मक काममा व्यक्त रहने

यी उपाय अपनाउँदा दह्रो आत्मबलका साथ धुम्रपान त्याग्ने अठोट गरेमा अवश्य सफल हुन सकिन्छ । प्रयास गर्दा गर्दै पनि पुन शुरु गर्न सक्ने सम्भावना करीब एक महिनासम्म अधिक रहन्छ । त्यसैले यस्तो वातावरण सृजना हुन नदिन सचेत रहनुपर्छ ।

धुम्रपानको तलतल धुम्रपान छोडेको दुई तिन दिनसम्म अत्याधिक रहन्छ र त्यसपछि यो क्रम कम हुदै जान्छ । त्यसपश्चात खानामा रुची बढ्न थाल्छ । धुम्रपान छाडेको दुई हप्ता भित्रै २ देखि ३ केजी तौल बढ्न थाल्छ ।

धुम्रपान छोड्न निरन्तरता दिनका लागी के गर्नै ?

धुम्रपान गर्दा हा’नी गरेको कल्पना गर्ने
सधै मनमा के कारणले धुम्रपान छोड्नु भएको हो सोच्न र सधैभरीका लागी छोड्ने प्रण गर्ने
धुम्रपान छोड्दा प्राप्त गर्ने फाइदाबारे सोच्ने

धुम्रपान आरामसँग छोड्दै जाने र छाड्न सक्छु भन्ने आत्मबलको विकास गर्ने
धुम्रपान गर्ने अन्य व्यक्तिहरुलाई पनि धुम्रपान त्याग्ने सल्लाह दिने
धुम्रपान त्याग्दा हुने फाइदाहरु

स्वास्थ्य, सुन्दर र सुरक्षित जिवन बाँच्न पाउने
खानेकुरा स्वाद सप्रिने र रुची बढि हुने
तौल बढ्ने र हृष्टपुष्ट हुने

छाला चाउरीने समस्याबाट मुक्ति तथा दाँत र औंला पहेँलो नहुने
दम, खो’की हृ’दयघात तथा क्यान्सर जस्ता प्राणघातक रोगबाट मुक्ति पाइने
बालबालिकालाई छा’तिको संक्र’मित रोगको सम्भाबना कम हुने

स्वस्थ्य बच्चाको जन्म हुने पैसा खर्च कम हुने र पारिवारीक सन्तुष्ट्रि प्राप्त हुने
छोराछोरीले धुम्रपान सिक्ने सम्भावना कम हुने
धुँवारहित वातावरणमा बाँच्न पाउने पारिवारीक अधिकार पुरा हुने ।

६६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया