शनिबार १८ मंसिर २०७८

काठमाडौं / नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आफू सभापतिको उम्मेदवारीबाट पछि नह’ट्ने बताएकी छन् । उनले आफू काँग्रेसको इतिहासमा पहिलो महिला सभापति बन्ने गरी तयारीमा रहेको बताइन् ।

‘म सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँ, धेरै अगाडि बढिसकेकी छु,’ पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले रिपोर्टर्स नेपालसँग भनिन्, ‘नेपाली काँग्रेसको इतिहासमा पहिलो महिला सभापति बन्ने गरी तयारीमा छु ।’

आफ्नो समूहमा साझा उम्मेदवार बन्न सक्नेमा आफू नै भएको दाबी गरिन् । समूहबाट अरु कोही साझा उम्मेदवार बनेमा त्याग गर्न तयार रहेको पनि बताइन् । सुजाताले भनिन्, ‘काँग्रेसलाई बचाउने बेला आएको छ । त्यसका लागि म जस्तोसुकै त्या’ग गर्न तयार छु । तर, काँग्रेसलाई बचाउन सक्ने र बलियो बनाउन सक्ने खू’बी ममा छ ।’

कोइरालाले नेतृत्वको दाबी गर्ने मुख्य नेताहरु पदाधिकारीका रुपमा टेष्टेड भइसकेको र पार्टीलाई बलियो बनाउन नसकेको बताइन् । आफूले काँग्रेसलाई सही तरिकाले हाँ’केर ब’लियो बनाउने दृष्टिकोण बनाएको बताइन् ।

कोइराला परिवारभित्र पनि आफू साझा उम्मेदवार बन्न सक्ने बताइन् । उनले भनिन्, ‘कोइराला परिवारबाट म साझा उम्मेदवार बन्न सक्छु, त्यसपछि हाम्रो समूहबाट पनि द’बाब आइरहेको छ ।’

कोइराला परिवार एक भएमा देशभरका नेता कार्यकर्तामा लहर नै आउने ठो’कुवा गरिन् । त्यस्तो एकता र लहर ल्याउने क्षमता आफूले प्रदर्शन गर्ने उनको भनाइ थियो ।

५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया