
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि पनि पार्टीको पक्षमा जनलहर आउने संकेतहरु देखिन थालेको बताएका छन् । ०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीको पक्षमा जनलहर आएजस्तै त्यस्तो संकेत फेरि देखिन थालेको प्रचण्डको दा’वी छ ।
नेपाली जनप्रगतिशील मन्च कतारको पाँचौ अधिवेशनलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रचण्डले देशैभर माओवादीको पक्षमा जनआकर्षण देखिएको र पार्टीमा ८ लाख भन्दा बढी संगठित सदस्य अबद्ध भइसकेको बताए ।
०६४ सालको जस्तै माओवादीको पक्षमा जनलहर आउने संकेत देखिन थालेको छ’, प्रचण्डको भनाइ थियो, ‘हिमाल, पहाड, तराई सबैतिर माओवादीप्रति जनताको आकर्षण देखिएको छ ।
अहिले नै ८ लाख भन्दा बढीले संगठित सदस्यता नवीकरण गराइसकेका छन् । जनताको भरोसायोग्य पार्टी माओवादी हो भन्ने जनताले बुझेको महसुश गरेको छु ।’
उनले माओवादी आ’न्दोलनकै ब’लमा देशमा परिवर्तन आएको जिकिर गर्दै यो कुरा जनताले राम्ररी बुझेको पनि बताए । तर, अहिले प्रतिक्रान्तिकारी सल्ब’लाउन थालेको भन्दै प्रच’ण्डले यसप्रति सचेत रहनुपर्नेमा जोड दिए । प्रचण्डले जनताको असली मित्र माओवादी नै भएको भन्दै पार्टीले समानुपातिक, समावेशीताको प’क्षमा काम गरिरहेको पनि बताए।
यस्तै नेपालमै रोजगारीको सिर्जनादेखि विकास, समृद्धि र समाजवादको नयाँ मोडल बनाउने कार्यमा पनि पार्टी लागिपर्ने प्रचण्डको भनाइ थियो । प्रचण्डले आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पार्टी थप सुदृढ हुने पनि बताए ।
अर्को प्रसंगमा प्रचण्डले एमसीसीका विषयमा रहेका प्रश्नहरुको हल नभएसम्म पारित हुन नस’क्ने बताए ।
उनले एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीसँग आज कुरा भएको जानकारी दिँदै आफूहरु अमेरिकी सहयोगको प’क्षमा भएपनि प्रश्नहरुको हल भने खोजिनुपर्ने कुरा राखेको बताए ।
कार्यक्रममा पार्टीको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले कतारमा नेपाली श्रमिकले भो’ग्नुपरेको स’मस्यालाई सबै मिलेर हल खोजिनुपर्ने बताए ।
उनले कतारमा रहेका श्रमिकहरुलाई जनप्रगतिशिल मञ्चमा आबद्ध हुन पनि आह्वान गरे । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।