शनिबार १८ मंसिर २०७८

काठमाडौं / नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशनमा नेतृ सुजाता कोइरालाले पनि सभापतिको उम्मेद्धवारी दिने भएकी छिन् । पत्रकारसँगको संक्षिप्त कुराकानीमा उनले आफूले यही मंसिर ६ गतेपछि पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेद्धवारी घो’षणा गर्ने जानकारी दिईन् ।

उनले भनिन्,‘म सभापतिमा उम्मेद्धवारी दिन्छु, ब्याक हुने कुरै छैन् । शशांक र शेखर जो उठेपनि म ब्याक हुन्नँ, मैले सबै तयारी गरिसकेको छु, अब अघि बढ्छु ।’

उनले देशभरिका नेता/कार्यकर्ताले आफूलाई पार्टीको नेतृत्वमा आउनको लागि द’बाब दिएको र कार्यकर्ताहरुको भावनालाई कदर गर्दै सभापतिमा उठ्न लागेको बताईन् । उनले कांग्रेसमा गिरिजाबाबुको लिगेसी आफूले मात्रै बोकेको भन्दै त्यसको लागि पनि आफू नेतृत्वमा आउन चाहेको धारणा राखिन् ।

उनले कांग्रेसजस्तो यति लामो इतिहास बोकेको पार्टीमा अहिलेसम्म महिला सभापति नभ’एको भन्दै आफूले सभापतिमा विजयी भएर पहिलो महिला सभापतिको इतिहास बनाउने पनि दा’बी गरिन् । पछिल्लो समय कोइराला परिवारबाट जो उठेपनि एक जना सहमतिमै उठ्ने चर्चा चलेको थियो ।

तर, शेखर र शशांक दुवैले आ–आफ्नो दा’बी प्रस्तुत गरेपछि पनि सुजाता भने सभापतिको रे’सबाट अब ब्या’क नह’ट्ने भएकी हुन् । उनले पार्टीमा गु’टबन्दी धेरै मौ’लाएको र नेताहरु कार्यकर्तामुखी नभ’एको भन्दै आफूले त्यो खा’डल चि’र्ने पनि दा’बी गरेकी छिन् ।

५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया