बुधबार २४ जेठ २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अष्टम भावमा सूर्यको गोचर प्रारम्भ भएको छ, यो दुर्घ’टनाकारक भाव भएकाले सवारी हाँक्दा, बाटो का’ट्दा वा हा’तहतियारको प्रयोग गर्दासमेत सा’वधान हुनु राम्रो हुन्छ । भाइ’रलको स’मस्या वा मू’त्रग्रन्थी र यौ’नमूलक रो’गले पनि स’ताउन सक्छ । यो हरेक काममा विघ्नबाधा र ढिलासुस्ती हुने समय पनि हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्नुपर्ने हुन्छ । आर्थिक मामिलामा पनि खास उपलब्धि लिन स’किंदैन, तर पनि बहुपक्षीय लगानी र साझेदारीमा गरिने कारोबारका माध्यमबाट यस अवधिमा लाभ लिन सक्नुहुन्छ ।

व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गि’राउन श’त्रुहरूको सक्रियता बढ्नेछ, साथै आफ्नै वरपर बसेर आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुने समय छ । सरकार, प्रशासन वा अड्डाअदालतका काममा विघ्नबा’धा उत्पन्न हुनेछ । कार्यक्षेत्रमा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । यो महिना कुनै पनि शुभकर्म र दीर्घप्रयोजनको काम गर्न उपयोगी समय मानिंदैन । धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हरा’उने वा आम्दानीको मार्गमा कमी आउने सम्भावना रहनुका साथै बन्दव्यापारमा पनि घाटा हुनसक्छ ।

आफन्तका बीचमा नै विश्वासको कमी हुने भएकाले बोलीमा अं’कुश लगाउनु र विवा’दबाट जो’गिने प्रयास गर्नु राम्रो हुन्छ । व्यवसायीहरूले कारोबार विस्तारमा रो’क लगाउनु बुद्धिमानी हुनेछ । यस अवधिमा विदेशमा बस्नेहरूले केही शुभ परिणाम पाउन सक्छन् । कर्मक्षेत्रको मालिक शनिदेवले दसौं भावमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना प्रयत्न गर्दा कार्यक्षेत्रमा उन्नतिप्रगति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो । विशिष्ट व्यक्तिसँग मित्रता बढ्ने छ । गृहिणीहरूको कुरा गर्दा यो महिना नवौं भावमा सप्तमेश शुक्र ग्रहको उपस्थिति देखिन्छ, त्यसैले फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने समयावधि हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ ।

मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त आठौं भावमा पञ्चमेश सूर्यको उपस्थिति रहेकाले बारम्बार नकारात्मक धारणामात्र आइरहने समय हो । कसैको कुरामा वा बह’काउमा नफँस्नु होला, तपाईंको भावनाको कदर हुनेछैन । आठौं भावमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि वैदेशिक प्रयोजनको कुनै व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा टाढा पुगेर कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले अष्टम भावमा बसेको सूर्य र केतु ग्रहको शान्तिका लागि केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट हुन्छन् ।सामान्यतया यस महिनाको ०८, ०९, १०, १७, १८, १९, २६ र २७ गतेको गोचर तपाईंका लागि अशु’भ रहनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सातौं घर साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो, व्यापारी वा व्यवसायीहरूले अचा’नक अयाचित र भरपूर लाभ पाउने समय लिएर सूर्यले यसै भावमा प्रवेश गरेको छ । बोलीमा विशेष प्रभाव देखा पर्नेछ । रूपसौन्दर्य र व्यक्तिगत साजसज्जाप्रति मनको आकर्षण रहनेछ । साझेदारीको कामबाट फाइदा नै हुनेछ, तर स्थिर सम्पत्ति र शेयरमा लगानी गर्दा सोच र बुद्धिको निकै प्रयोग गर्नु पर्नेछ । जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । उता वैवाहिक जीवन र प्रेमसम्बन्धमा पनि सुखद र मिठो फल प्राप्त हुनेछ ।

धार्मिक क्रियाकलापप्रति झुकाव बढ्नेछ । कार्यक्षेत्रमा वर्चस्व कायम हुनेछ । खर्चका दृष्टिकोणले सामान्य समय छ भने स्वास्थ्यका दृष्टिकोणले आफूलाई क’मजोरीको आभास हुने समय हो, सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ, त्यस्तै यो मा’नसिक त’नाव र खिन्न’ता बढ्ने समय भएकाले झि’नामसिना कुरामा चि’न्ता र श’ङ्का गर्नहुदैन । निर’ङ्कुश बानी र क’डापन कमजोरी बन्नसक्छन् । सातौं सूर्यको प्रभावले कार्यक्षेत्रमा एक्लै ख’टेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ । कार्यक्षेत्रमा उच्च तहका अधिकारी र सिनियर्स एवं व्यवसायिक साझेदारसँग मतभेद र वि’वाद बढ्ने सम्भावना छ । पिताजी वा जीवनसाथीसँगको सम्बन्धसमेत राम्रो हुनेछैन, अत: पारिवारिक र वैवाहिक जीवनमा देखिएका मत’भेद र अस’न्तुष्टिहरू ह’टाउने, आपसी सम्बन्धलाई मीठो बनाउने तथा व्यवसाय वा कार्यक्षेत्रमा बढी समय प्रदान गर्ने प्रयास गर्नु राम्रो हुन्छ ।

कर्मक्षेत्रको मालिक शनिश्चर ग्रहले नवौं भावमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना आफ्नो क्षेत्रमा साख र इज्जत कमाउने समयावधि हो, सहयोगीहरूको समेत साथ पाउनाले आत्मबल र हिम्मत पलाउने राम्रो समय छ । गृहिणीहरूको कुरा गर्दा यो महिना छैटौं भावमा सप्तमेश मङ्गल ग्रहको उपस्थिति देखिन्छ, त्यसैले व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा यस अवधिमा अनपे’क्षित वि’वाद एवं अप’जसबाट बच्न सकिन्छ । विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त छैटौं भावमा पञ्चमेश बुध ग्रहको उपस्थिति रहने हुँदा परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घो’रिंदा स्वा’स्थ्यस्थिति बि’ग्रने ड’र हुन्छ, स’चेत बन्नुहोला ।

सातौं भावमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि विगतमा जसरी नै कामधन्दा र कारोबारबाट सफलता पाउने समय हो, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । यो महिना शुभ फल प्राप्तिका लागि शिरमा बसेको राहु ग्रहको उपासनामा नै जोड दिनु होला, यसका लागि तपाईंलेयस महिनाको कुनै शनिबार वा बुधबारका दिन गच्छेअनुसार राहु ग्रहको दानसामाग्री जम्मा पारेर जो’गीलाई वा कुनै मठमन्दिर अथवा शिवमन्दिरमा गई दान गरेको जाति हुन्छ । यस महिनाको ०१, ०२, १०, ११, १२, १९, २०, २१, २८ र २९ गतेको चन्द्रमा तपाईंका लागि अनि’ष्ट हुने भएकाले स’चेत हुनुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)यो समय उपयोगी छ, जे गरे पनि सफलता हातपर्ने सम्भावना हुन्छ । सरकार, प्रशासन वा अड्डा अदा’लतका काममा सफलता मिल्नेछ । श’त्रु र प्र’तिद्वन्द्वीमाथि हा’बी हुनेर वि’जय प्राप्त हुने समयको आगमन भएको छ । मु’द्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । प्रतियोगिता र परीक्षामा सहभागी हुनेछात्रछात्राले सफलता आर्जन गर्नेछन् । व्यापारी वा व्यवसायीले मुनाफा र फाइदाका लागि अझ धेरै मिहिनेत गर्ने समय हो । उधारो वा कर्जा चुक्ता गरी नयाँ ढंगले ऋणसापटीको व्यवस्थापन गर्न सकिन्छ, आर्थिक दृष्टिकोणले सामान्य परिस्थिति नै रहनेछ, तर यो महिना भाग्यबलको मात्रामा कमी हुने भएकाले कल्पना र भावनामा हराउनु भन्दा पनि कर्मप्रति विश्वास गरी कार्यक्षेत्रमा मिहिनेत गर्नु राम्रो हुनेछ । अचल सम्पत्ति वा घरघडेरीको किनबेचका निमित्त योजना बनाउने वा ऋण काढ्ने सम्भावना देखिन्छ । जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवादलाई हल गर्न प्रयास गरिने छ । नोकरी र रोजगारीको क्षेत्रमा सुधार आउने छ । वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय छ । श’त्रु र प्रतिस्प’र्द्धीमाथि पकड कायम हुनेछ ।

पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन्, तर पनि यो शत्रुपक्ष अर्थात् प्रतियोगी र प्रतिस्पर्द्धीसित सतर्कता अपनाउने समय हो । कर्मक्षेत्रको मालिक गुरुदेव बृहस्पतिले नवौं भावमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना आम्दानीको मार्गमा नयाँ किरण देखापर्ने समयावधि हो । कर्मप्रतिको समर्पणभाव बढाउनुस्, भाग्यबृद्धि हुनेछ । गृहिणीहरूको कुरा गर्दा यो महिना नवौं भावमा सप्तमेश बृहस्पति ग्रहको उपस्थिति देखिन्छ, त्यसैले आफन्त वा छरछिमेकको काममा केही समय खट्नुपर्ने हुन्छ । उता घरव्यवहारमा पनि निकै समय बित्नसक्छ । तर पनि बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने समयावधि हो । विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त सातौं भावमा पञ्चमेश शुक्र ग्रहको उपस्थिति रहने हुँदा कल्पना र भावनामा बरा’लिने समय छ, अल्छी गर्नाले अवसर गुम्ने खतरा पनि हुन्छ, त्यसैले राम्रो रिजल्ट निकाल्न राम्ररी ख’ट्नुपर्ने समय हो ।

छैटौं भावमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि चुनौतीका माझ मोटो रकम हातलागी हुने समयावधि हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका व्यवसायीले राम्रो फाइदा बटुल्न सक्छन् । यो महिना अझ धेरै शुभ परिणाम प्राप्त होस् भन्ने उद्देश्यले छैटौं भावमा बसेको सूर्य र केतुको उपासना गर्नु बुद्धिमानी हुनेछ, यसका लागि तपाईंले दैनिक रूपमा दुर्गा कवच वा भगवती दुर्गाको कुनै मन्त्र वा स्तुतिको पाठ गरेमा शुभ हुनेछ । गोचरका दृष्टिले यस महिनाको ०३, ०४, ०५, १३, १४, २१, २२ र २३ गते अन्य दिनका तुलनामा कम’जोर साबित हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सन्तान, बुद्धि, विवेक, हृदय संवेद्यता बताउने पाँचौंभावमा सूर्यले गोचर गर्ने महिना प्रारम्भ भएको छ । यो महिना आम्दानीमा बृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय हो । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्न सक्छन् । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय छ । यो अचानक धनलाभ हुनसक्ने समय पनि हो । भविष्यको योजना बनाएर गरिने लगानी जस्तै घरघडेरी, जग्गाजमिन, वीमा वा शेयर कारोबारमा राम्रो हुनेछ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । सामाजिक जीवनमा राम्रो देखिन्छ । पञ्चम भावमा बसेको सूर्यको केही नकारात्मक फलसमेत पाउन सकिन्छ, जस्तै मा’नसिक त’नाव बढ्नसक्छ । छाती, पेट र हृदयसम्बन्धी रोगले दु’:ख दिन सक्छ । हुन त पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हा’निकारक बन्नसक्छ । अत: विद्यार्थीहरूले यस अवधिमा राम्रो परिणामका लागि अझ धेरै मिहिनेत गर्ने तथा अध्ययनमा लगाव देखाउनु पर्ने हुन्छ ।

गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । व्यवसायीहरूले धैर्य र संयम भई कारोबारमा ध्यानकेन्द्रित गर्नुपर्ने हुन्छ । वैवाहिक जीवन र प्रेमप्रसङ्गमा त्यत्ति राम्रो समय देखिंदैन, प्रेम जीवनमा उतारच’ढाव आउनेछ, फकाउने र फुस्ल्याउने काममा समय बित्नसक्छ । कर्मक्षेत्रको मालिक मङ्गल ग्रहले चौथो भावमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने समयावधि हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । गृहिणीहरूको कुरा गर्दा यो महिना सातौं भावमा सप्तमेश शनिश्चर ग्रहको उपस्थिति देखिन्छ, त्यसैले सुरुमा मन हलुका र प्रसन्न हुनेछ, दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ, तर दिउँसोदेखि शरीर भारी र मन अशान्त बन्नसक्छ । विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त चौथो भावमा पञ्चमेश मङ्गल ग्रहको उपस्थिति रहने हुँदा पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ, त्यसैले अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुहोला ।

पाँचौं भावमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिन सकिने अवधि हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । यस महिनामा शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले पाँचौ भावमा रहेको सूर्य र केतु ग्रहको शान्तिका निमित्त दिनहुँ सूर्योदयको १ घटिका (२४ मिनेट) भित्र स्नानादिबाट निवृत्त भई मह वा चिनी मिसाएर तामाको पात्रमा शुद्धजल वा गङ्गाजल राखी सूर्यलाई अर्घ्य दिंदा लाभ हुन्छ । यस महिनाको ०५, ०६, ०७, १५, १६, २३, २४ र २५ गते तपाईंको राशिस्वामी चन्द्रमाले अशुभ गृहको यात्रा गर्ने हुँदा स’चेत हुनुपर्ने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मातृसुख, वाहनसुख र विदेश यात्राको फल प्रदान गर्ने घरमा सूर्यको आगमन भएको छ । भाग्यले साथ दिने समय हो, अबको एक महिना व्यापार/व्यवसाय वा बुद्धि र चतुर्याइँको कामबाट लाभ मिल्नेछ । कुनै विशेष योजना, छात्रवृत्ति वा अनुसन्धानात्मक काममा सफलता प्राप्त हुनेछ । व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानुपर्ने परिस्थिति बन्नेछ । कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ, सहकर्मीहरूको समर्थन प्राप्त मिल्नेछ । नयाँ घरघडेरीको जोहो गर्ने विचारमा हुनुहुन्छ भने यो महिना उचित समय हुनसक्छ । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य समय छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय हो । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । यस भावमा बसेको सूर्यले राम्रा फलका तुलनामा अलि धेर नकारात्मक फल प्रदान गर्दछ, जस्तै, आन्तरिक सम्पत्ति वा घरायसी पूँजीको विषयले चिन्ता बढाउन सक्छ, कमाएको धन सञ्चित हुँदैन, बरु ऋणभार बढ्ने समय छ । तर घरघडेरी खरिद गर्न वा घर मरम्मत गर्न ऋण काढेमा फरक पर्दैन । परिवारभित्र नयाँनयाँ समस्या उत्पन्न हुनेछन्, वाहन फेरबदल गर्नुपर्ने वा मरम्मत गर्ने परिस्थिति बन्नेछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुनेछ, कार्यक्षेत्रमा सिनियर्ससित म’नमुटाव र ति’क्तता बढ्नेछ ।

प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, त्यस्तै व्यक्तिगत स्वास्थ्यमा उतारचढाव भोग्नुपर्ने समय हो । कर्मक्षेत्रको मालिक शुक्र ग्रहले पाँचौं भावमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भन्ने आज कार्यालयमा तपाईंको प्रशंसा हुने दिन छ । गृहिणीहरूको कुरा गर्दा यो महिना छैटौं भावमा सप्तमेश शनिदेवको उपस्थिति देखिन्छ, त्यसैले अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला, त्यस्तै यस अवधिमा अना’वश्यक खर्च तथा अनपे’क्षित वा’दविवाद पनि हुनसक्छ ।

विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त सातौं भावमा पञ्चमेश मानिने गुरु बृहस्पतिको उपस्थिति रहेकाले सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुम’ल्लिन सक्छ, तर याद गर्नुस्, यतिवेलाको मिहिनेतको परिणाम स्मरणीय हुनसक्छ । चौथो भावमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि होटल/मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी भइरहने समय छ । ग्रहजन्य दुष्प्रभावमा कमी होस् र यो महिना अझ धेरै शुभता प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले पनि राशिस्वामी सूर्यको प्रियताका लागि कुनै उपाय गरेको राम्रो हुन्छ, खासगरी यस अवधिमा शुभफल प्राप्त गर्न एउटा माणिक्य रत्न (कम्तीमा ५ क्यारेटको) सुन वा पञ्चधातुमा औंठी बनाएर दाहिने हातको काहिंली औंलामा धारण गर्दा लाभ हुनेछ । सामान्यतया यस महिनाको ०८, ०९, १०, १७, १८, १९, २६ र २७ गते तपाईंका लागि अशु’भ रहने सङ्केत छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)पराक्र’म स्थानमा प्रवेश गरेको सूर्यको प्रभावले बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक धनप्राप्तिको योग बनेको छ । सामाजिक सम्बन्धमा सुधार आउने छ, परोपकार, एकाग्रता र समर्पण भावमा बृद्धि हुनेछ । आत्मबल र हिम्मतको सञ्चरण हुनाले यतिवेला जेजस्ता समस्या र चुनौती तेर्सिए पनि सहजै झेल्नसक्ने सामर्थ्य प्राप्त हुनेछ । धार्मिक र परोपकारी कार्यमा रुचि जाग्नेछ, मित्रवर्ग, बन्धुबान्धव र कुटुम्बपक्षको पूर्ण साथसहयोग प्राप्त हुनेछ । कुनै निकाय वा परियोजनाको नेतृत्व वहन गर्ने र जिम्मेवारी प्राप्त गर्ने अवसर पाइने छ । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन/दिन सकिने छ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाइने छ । धार्मिक क्रियाकलापमा रूचि बढ्नेछ ।

दाजु वा पिताको कार्यक्षेत्रमा पनि शुभताको सङ्केत देखा पर्नेछ । प्रेमप्रसङ्ग र जीवनसाथीसँगको सम्बन्ध सामान्य रहनेछ, तर कार्यक्षेत्रमा व्यस्त हुनाले प्रेमभावना निरस हुने वेला हो, त्यसैले पार्टनरको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ । भाइबहिनीसँग मन’मुटाव हुनसक्ने समय पनि हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । स्वास्थ्यका दृष्टिकोणले कमजोर समय छ, आफ्नो र घरपरिवार सबैको स्वास्थ्यस्थि’तिप्रति स’तर्कता अपनाउनु होला । कर्मक्षेत्रको मालिक बुध ग्रहले दोस्रो भावमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना धन बढाउन गरिएको प्रयास सफल हुनेछ वा ऋण उठाउने वा फँ’सेको धन उकास्ने समय छ । मुखका माध्यमबाट पनि कुनै महत्त्वपूर्ण अवसर मिल्नसक्छ । गृहिणीहरूको कुरा गर्दा यो महिना छैटौं भावमा सप्तमेश मानिने गुरु बृहस्पतिको उपस्थिति देखिन्छ, त्यसैले आफ्नो काममा मात्र ध्यानकेन्द्रित गर्ने महिना हो ।

अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ । विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त पाँचौं भावमा पञ्चमेश शनिश्चर ग्रहको उपस्थिति रहने हुँदा अलि धेरै मिहिनेत गर्ने समय छ, किनभने यतिवेलाको प्रयासले भविष्यका लागि स्कलरसिप, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । तेस्रो भावमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले केही हदमा सन्तोष लिने समय छ । सामाजिक काममा वा सँगीसाथीसँग अलमलिंदा केही बेफाइदा पनि हुनसक्छ । महिनाको पहिलो दिन अष्टम भावमा रहेको चन्द्रमाको प्रियताका निमित्त तपाईंले दिनैपिच्छे आमा वा आमातुल्य कुनै स्त्रीको पाउमा शिर राखी आशीर्वाद प्राप्त गर्ने र प्रात:कालमा भगवती लक्ष्मीको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ । ग्रहगोचरका दृष्टिले यस महिनाको ०१, ०२, १०, ११, १२, १९, २०, २१, २८ र २९ गते तपाईंले हो’स राखेर काम गर्नुपर्ने दिन हुन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)तपाईंको राशिबाट सूर्यदेवले दोस्रो भावमा रहेको धनस्थानमा प्रवेश गर्दैछन्, सूर्यदेवको धनभावमा प्रवेश हुनु आर्थिक पक्षको शुभताको सूचक हो, तर ठूलो आर्थिक फेरबदलको आकाङ्क्षा नराखेकै जाति हुन्छ । शिक्षादीक्षाको क्षेत्र र छात्रछात्रामा सूर्यको सकारात्मक प्रभाव रहनेछ, तर स्वास्थ्यस्थितिमा पनि सानातिना स’मस्या देखा पर्न सक्छन् । सकेसम्म यस गोचर कालमा मा’नसिक त’नाव र झञ्झ’टबाट जोगिने प्रयास गर्नुपर्छ । सूर्यको प्रभावले यो धनबृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो, तर पनि दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु राम्रो हुन्छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको हिमचिम र भेटघाटका माध्यमबाट केही मुनाफा कमाउने अवसर मिल्नसक्छ । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता मिल्नेछ । यो प्रेम जीवन, दाम्पत्य सम्बन्ध र आफन्तका बीचमा नोकझोक चलिरहने समय हो, तर प्रेमसम्बन्ध झन् प्रगाढ बन्दै जानेछ ।

वैवाहिक जीवन र प्रेमप्रसङ्गमा सुखद पल बिताउने अवसर मिल्नेछ भने कार्यक्षेत्रमा पनि कतिपय राम्रा अवसरहरू मिल्नेछन् । चेलीबेटी वा दिदीबहिनीलाई सघाउनुपर्ने समय देखिन्छ । समग्रमा सूर्यको यस गोचरको प्रभाव सन्तोषप्रद नै रहे पनि दोस्रो भावमा बसेका क्रूर ग्रहले केही अशुभ परिणाम पनि प्रदान गर्दछन्, यस अवधिमा प्रकृतिमा अलि कडापन र कठोरता देखापर्नसक्छ । आवेग, क्रोध र अहङ्कार पनि बढ्ने खतरा छ, बोलीमा क’डापन देखिने छ, वादविवाद र कलहको योग भएकाले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राखेको जाति हुन्छ । कर्मक्षेत्रको मालिक चन्द्रमाले सातौं भावमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने समय हो, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ । गृहिणीहरूको कुरा गर्दा यो महिना तपाईंको आफ्नै राशिमा सप्तमेश मङ्गल ग्रहको उपस्थिति देखिन्छ, त्यसैले प्राय: सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनुपर्ने हुन्छ ।

विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त चौथो भावमा पञ्चमेश शनिदेवको उपस्थिति रहेकाले लापरबाही गर्ने वा भुलिने महिना होइन किनभने यस अवधिमा गरेको मिहिनेतले राम्रो रिजल्टको बाटो देखाउने छ । दोस्रो भावमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि विगतको लगानीको प्रतिफल प्राप्त हुन थाल्नेछ, त्यस्तै कारोबार र हिसाबकिताव क्लियर गर्ने समय हो, मनको बोझ घट्ने छ र मन चङ्गा हुनेछ । हिजोआज शनिदेवको अढैया दशाको समय भएकाले तपाईंले यस अवधिमा शनिदेवको प्रियताका लागि उपाय गर्नु उपयुक्त हुनेछ । यसका लागि शिव स्तोत्र व शनि स्तोत्रको पाठ गर्नुपर्छ अथवा शनि यन्त्र धारण गर्नु पर्छ, त्यसबाहेक हनुमान् जीको उपासनाबाट पनि लाभ लिन सक्नुहुन्छ । यस महिनाको ०३, ०४, ०५, १३, १४, २१, २२ र २३ गते तपाईंका लागि अशु’भ रहनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)तपाईंको आफ्नै राशिमा सूर्यको प्रवेश हुँदैछ । पेसा, व्यवसाय वा रोजगारी आदि क्षेत्रमा केही राम्रा र शुभ अवसरहरू प्राप्त हुनेछन् । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी पाउन सकिन्छ, त्यस्तै सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्त्वाकाङ्क्षी र स्थिर काम सम्पन्न हुने समय हो । मानसिक तवरले सबल, उत्साही, साहसी बन्नुहुनेछ । सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर मिल्नेछ । घरपरिवार र इष्टमित्रको साथसहयोग पाइनेछ । धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ र गरेको प्रयासबाट धनधान्यमा बृद्धि हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्ने मनसाय पनि बन्नसक्छ ।

यो समय अ’ल्छी गर्ने वा अकर्मण्य हुने होइन काम गरेर देखाउने समय हो । इच्छा पूर्ण गर्न वा बडप्पन देखाउने सिलसिलामा खर्चमा बृद्धि हुने सङ्केत छ । कडापन र निरंकुशता बढ्ने समय पनि हो, जसका कारण परिवारका सदस्य, प्रेमी वा जीवनसाथीसँगको सम्बन्धमा ति’क्तता आउन सक्छ । कार्यक्षेत्रमा बढी खट्नुपर्ने समय छ, अनि मिहिनेत र लगनशीलता गर्ने व्यक्तिका लागि सूर्यले मागेको हरेक कुरा पूरा गर्ने समय हो । दिमागी उलझन र बोझ बढ्ने समय भएकाले स्वास्थ्यस्थितिमा उतारचढाव आइरहनेछ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ । कर्मक्षेत्रको मालिक सूर्यदेवले तपाईंको आफ्नै राशिमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना प्रतिस्पर्द्धीहरूलाई पछि पार्दै आफ्नो प्रतिष्ठा कायम राख्ने समय हो, दायित्वमा लगनशील बन्नसकेमा फाइदा हुनेछ, मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने छ ।

गृहिणीहरूको कुरा गर्दा यो महिना दोस्रो भावमा सप्तमेश शुक्र ग्रहको उपस्थिति देखिन्छ, त्यसैले बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । पतिको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्नेछन् । विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त चौथो भावमा पञ्चमेश बृहस्पति ग्रहको उपस्थिति रहने हुँदा परिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति बन्नसक्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थीका लागि राम्रो समय छ । तपाईंको आफ्नै राशिमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि कारोबारमा आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने समयावधि हो ।यस महिना अझ शुभ फल प्राप्त होस् भन्ने उद्देश्यले राशिमा बसेका सूर्य र केतु तथा बाह्रौं भावमा बसेको राशिस्वामी मङ्गलको उपाय गर्नुृपर्छ, यसका लागि जटावाल नरिवललाई सिन्दूरले रङ्गाएर, त्यसमा मौली सुप, तामाको पुरानो सिक्का, रक्त चन्दन राखी रा’तो कपडाले बाँधेर कुनै मङ्गलबारका दिन बग्दो पानी ब’गाएमा शुभफल प्राप्त हुनेछ । चान्द्रगोचरका आधारमा यस महिनाको ०५, ०६, ०७, १५, १६, २३, २४ र २५ गते तपाईंका लागि कमजोर दिन साबित हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)बाह्रौं भाव खर्च र हा’निको घर हो, यो महिना यसै भावमा सूर्यले भ्रमण गर्नेछन्, खासगरी यो महिना बजेटलाई सन्तुलित बनाउने प्रयास गर्नुपर्छ, नत्र कुनै ठूलै आर्थिक स’ङ्कटको परिस्थिति बन्नसक्छ । यो बाध्यात्मक खर्च बढ्ने समय पनि हो, तर जग्गाजमिन, सेयर कारोबार र दीर्घ प्रयोजनको काममा लगानी गरेमा शुभ फल प्राप्त हुनेछ, अनि यस पाटोको काम गर्न ऋण काढेर काम गर्नु परे पनि धक मान्नु पर्दैन । विदेश वा घरबाहिर बस्नेहरूले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय छ ।

घरपायकको जागीरलाई अलि पर फाइदामूलक क्षेत्रमा सार्ने मनसायमा हुनुहुन्छ भने प्रयास गर्नुहोस्, सरुवा हुनसक्छ । छात्रछात्राले आफ्नो खुबी र प्रतिभा प्रदर्शन गर्ने मौका छ, शैक्षिक उपलब्धिका लागि प्रयास गर्नु राम्रो हुनेछ । रोजगारीको प्रयासमा रहेकाहरूका लागि कुनै राम्रो अवसर हात पार्ने समय पनि हो । बाह्रौं घरमा बसेको सूर्यले छैटौं घरमा पूर्णदृष्टि राख्दछ, त्यसैले यस अवधिमा मु’द्दामामिला वा झै-झ’गडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो श’त्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । यस अवधिमा क्ष’णिक आ’वेग र उन्मा’दलाई नि’यन्त्रण गर्दै आफन्त एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्ने प्रयास गर्नुहोला । प्रेमसम्बन्ध र वैवाहिक जीवनका लागि सामान्य समय देखिन्छ । तर टा’उको दु’ख्ने वा ज्व’रोजस्ता सामान्य रोग’व्याधिले दु:’ख दिनसक्छ । कर्मक्षेत्रको मालिक बुध ग्रहले एघारौं भावमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना लिंढेदिपी गर्नुभन्दा पनि बुद्धिको उपयोग गर्नाले लक्ष्यप्राप्ति हुने समय हो ।

विवेक र सुझबुझको प्रयोग गरेमा रोकिएको कामले निकास पाउन सक्छ । गृहिणीहरूको कुरा गर्दा यो महिना एघारौं भावमा सप्तमेश बुध ग्रहको उपस्थिति देखिन्छ, त्यसैले परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने महिना हो । यस अवधिमा चिल्लोचापिल्लो र चटपटे खानेकुरा प्रति रूचि जागृत हुनेछ । विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त एघारौं भावमा पञ्चमेश मङ्गलको उपस्थिति रहेकाले पढाइमा होइन, ध्यान अन्तै केन्द्रित हुनसक्छ । मनमा दुविधा छ वा बढी थकान र बो’झको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ ।

बाह्रौं भावमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि कारोबारमा झट्ट अर्काको विश्वास गर्ने परिस्थिति देखिंदैन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने माहौल छै’न, आफैं सतर्क नभए आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । यस महिनामा अनिष्ट फलको नाश होस् तथा उत्कृष्ट फल प्राप्ति होस् भन्ने उद्देश्यले तपाईंले बाह्रौं भावमा बसेका सूर्य र केतुको उपासनामा नै जोड दिनुपर्दछ, यसका लागि कुनै एउटा आइतबारका दिन अन्धाश्रम, बृद्धाश्रम वा अस्पतालमा गई पाकेको अन्न दान गर्नाले सूर्य भगवान् प्रसन्न हुनुहुन्छ । चान्द्रगोचरका आधारमा यस महिनाको ०८, ०९, १०, १७, १८, १९, २६ र २७ गते तपाईंका लागि अलि बढी स’चेतता अपनाउने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)तपाईंका सम्पूर्ण इच्छा र आकाङ्क्षाहरू पूर्ण गर्ने महिनाका रूपमा यस समयको आगमन भएको छ । यस अवधिमा सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुनेछ । गरेका प्रयास र कामधाममा हरेक तरिकाले लाभ पाउने समय हो । सरकारको उच्च ओहदाका मानिसहरूसँग सुसम्बन्ध कायम हुनेछ, अझ राजनीति नै कार्यक्षेत्र हो भने राम्रो फाइदा लिन सक्नुहुन्छ । कार्यालयमा सिनियर कर्मचारीले सहयोग र समर्थन गर्ने समय हो । घरघडेरी वा शेयर बजारमा पूँजी निवेश गर्न अनुकूल समय छ । परिश्रम गरेमा धनागमको नयाँ स्रोत वा स्थायी रोजगारी प्राप्त हुनसक्छ । उता जीवनसाथीले समेत नयाँ रोजगारी पाउने समय छ, अथवा घरभित्र आयमूलक कुनै नयाँ कामको थालनी हुनेछ । समाजमा इज्जत र प्रतिष्ठा बढ्नेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने सफलता निश्चित जस्तै मानिन्छ, अत: सरकारी वा प्रशासनिक कामका माध्यमबाट भाग्योदयको खोजीमा हुनुहुन्छ भने प्रयास गर्नुहोस्, फरक पर्दैन । कार्यक्षेत्रमा नेतृत्ववर्ग र सिनियर कर्मचारीको साथसहयोग र सहानुभूति मिल्नेछ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । किनमेल र कारोबारहरू सफल हुनेछन् ।

वैवाहिक जीवन र प्रेमप्रसङ्गका लागि नराम्रो समय छैन, तर घरिघरि नोकझोक र विवाद बढ्ने भएकाले सामान्य चुनौती र समस्याहरू झेल्दै अघि बढ्नुपर्ने हुन्छ । बालबच्चाको स्वास्थ्यस्थिति र आचरणबारे पनि सतर्कता अपनाउनु पर्छ । कर्मक्षेत्रको मालिक शुक्र ग्रहले बाह्रौं भावमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना विवादास्पद निर्णयमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका निमित्त खट्नुपर्ने हुन्छ, तापनि सुखदु:खमा साथ दिनेहरू फेलापर्ने समयावधि हो ।

गृहिणीहरूको कुरा गर्दा यस महिनाको प्रारम्भमा चौथो भावमा सप्तमेश चन्द्रमाको उपस्थिति देखिन्छ, त्यसैले घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा अलमलिंदा गर्नैपर्ने कुनै काम रोकिन सक्छ । विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त बाह्रौं भावमा पञ्चमेश शुक्र ग्रहको उपस्थिति रहने हुँदा महत्त्वहीन र बेकारका काममा समय बिताउनु हुँदैन, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ ।

एघारौं भावमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि सरकारी काम, ठेकापट्टा वा अन्य कुनै कारोवार छ भने अड्किएको काम फुकाउन सकिने समय हो । प्रयास गरेमा यस अवधिमा जुनसुकै क्षेत्रमा लाभ पाउन सकिन्छ । यस महिना शिरमा बसेर साढेसाती सिर्जना गर्ने राशिस्वामी शनिदेवको प्रसन्नताका निमित्त हरेक शनिवारका दिन झिसमिसेमा नै पीपलको रुखमा गई तिलको तेल प्रयोग गरी दियो बाली कम्तीमा ७ पटक परिक्रमा गरी रुखको फेदमा शुद्ध जल चढाउनु समुचित हुनेछ । सामान्यतया यस महिनाको ०१, ०२, १०, ११, १२, १९, २०, २१, २८ र २९ गतेको चन्द्रमाले अशुभ भावको यात्रा गर्ने हुँदा तपाईंले विशेष काम नग’रेको जाति हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)सूर्यले दशम भाव अर्थात् कर्मक्षेत्रमा प्रवेश गरेको छ, यसको प्रभावले कार्यक्षेत्र र क्यारियरमा अचानक शुभ परिणाम प्राप्त हुनसक्छन् । कुल, परम्परा र आध्यात्मिकतातर्फ चासो बढ्नेछ । यो कडा मिहिनेत गरी आफ्नो वर्चस्व स्थापना गर्ने समय हो । वरिष्ठ र हाकिमसँगको सम्बन्धमा सुधार आउनेछ । व्यवसाय र क्यारियरमा चतुर्दिक् उन्नति गर्ने समय हो, व्यवसायीहरूले राम्रो मुनाफा कमाउनेछन्, त्यस्तै कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । मानसम्मान, प्रतिष्ठा र आत्मविश्वासमा बृद्धि हुनेछ । पारिवारिक माहौल खुसी र आनन्दले भरिपूर्ण रहनेछ । भविष्यलाई दृष्टिमा राखी कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिनुपर्ने हुन्छ । कर्मचारीहरूले मनले चाहेको जिम्मेबारी र पदभार पाउने समय हो । स्वास्थ्यगत समस्याहरूको निदान हुनेछ । परीक्षा र प्रतियोगितामा सफल भइने छ । सरकारी अ’ड्डाअदालतमा कुनै काम रोकि’एको छ भने सुल्झाउन सकिने छ ।

राजनैतिक क्षेत्रको नयाँ जिम्मेवारी पाउने समय पनि हो । शैक्षिक वा प्रतियोगितात्मक माध्यमबाट विदेश जान चाहने छात्रछात्राले सफलता पाउनेछन् । प्रेमजीवनमा सामान्य नै देखिन्छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तताका कारण पार्टनरलाई समय प्रदान गर्न सकिंदैन । यस अवधिमा गरिएको कडा मिहिनेत र लगनशीलताको राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक व्यवहार र घरायसी वातावरणमा उतारचढाव भई रहनेछ, तर पनि अधिकतम आर्थिक सम’स्याहरू हल हुने समय छ । कर्मक्षेत्रको मालिक मङ्गल ग्रहले नवौं भावमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना प्रशंसा बटुल्ने समयावधि हो, प्रतिभा प्रदर्शन गरी सिनियरलाई समेत आकर्षित गर्न सकिने छ, काम गरेर अरुमाथि छाप छोड्ने समय हो ।

गृहिणीहरूको कुरा गर्दा यो महिना दसौं भावमा सप्तमेश सूर्य ग्रहको उपस्थिति देखिन्छ, त्यसैले आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त नवौं भावमा पञ्चमेश बुध ग्रहको उपस्थिति रहने हुँदा परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने केवल भाग्यभरोसामा रहनु ठीक हुनेछैन, कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । दसौं भावमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि कर्मप्रति समर्पित हुने र थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । यो महिना अझ बढी शुभफल मिलोस् भन्ने उद्देश्यले तपाईंले पनि राशिस्वामी शनिदेवको उपासनामा जोड दिनु वाञ्छनीय देखिन्छ, यसका लागि कुनै देवालयमा गई कम्तीमा दस जना भिखारी वा मगन्तेलाई पेटभरि भोजन गराउनु ठीक हुन्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १३, १४, २१, २२ र २३ गते तपाईंका लागि गोचरका दृष्टिकोणले कम’जोर दिन रहनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)सूर्य गोचरका आधारमा विश्लेषण गर्दा यो दृढ इच्छाशक्तिको उदय हुने तथा शरीरमा पनि उत्साह र ऊर्जा भरिपूर्ण हुने समय हो । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा वर्चस्व स्थापना हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय हो । सन्तानले उन्नति/प्रगति गर्नेछन् । अध्ययन/अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ ।

उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय रहनेछ । यसै भावमा बसेको सूर्यले केही नकारात्मक र मिश्रित प्रकृतिका फल पनि प्रदान गर्दछ, जस्तै, आयातनिर्यातको काम वा विदेशसँग सम्बद्ध कारोबार गर्ने व्यापारीहरूका लागि आर्थिक उपार्जनका लागि राम्रो अवसर मिल्नेछ, तर अन्य क्षेत्रका व्यक्तिहरूले यस अवधिमा खासै ठूलो उपलब्धि लिन सक्दैनन् । परिश्रमी र इमानदारहरूका यो गोचर भाग्यबृद्धिको समय हो तर बिचौलियाको काम वा कमिशनमा आधारित काम गर्नेहरूका लागि सतर्कता अपनाउने समय हो । पिता वा पितृतुल्य व्यक्तिको स्वास्थस्थितिले चिन्ताको विषय बन्नसक्छ ।

त्यस्तै परिवारमा भाइबहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुनसक्छ । महिनाको प्रारम्भमा दैनिक र बाध्यताकारी खर्चको मात्रामा ह्वात्तै बृद्धि हुनसक्छ । मिश्रित फलदायी भए पनि समग्रतामा तपाईंले खि’न्नता जनाउनुपर्ने समय छैन । कर्मक्षेत्रको मालिक गुरु बृहस्पतिले बाह्रौं भावमा विचरण गरेकाले श्रमिक तथा कर्मचारीका लागि यो महिना कार्यालयमा कामको चा’प बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न काममा खट्ने अनुकूलता मिल्दैन, त्यसैले सहयोगी कर्मचारी र हाकिम रुष्ट हुने समयावधि हो ।

गृहिणीहरूको कुरा गर्दा यो महिना आठौं भावमा सप्तमेश बुध ग्रहको उपस्थिति देखिन्छ, त्यसैले अर्काको सहयोग गर्न पाउँदा सन्तुष्टि बढ्ने समय हो, मनम’स्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । विद्यार्थी र शिक्षादीक्षामा लागेका व्यक्तिका निमित्त दोस्रो भावमा पञ्चमेश चन्द्रमाको उपस्थिति रहेकाले परीक्षा वा प्रतियोगिताका लागि तैयारी गर्न अनुकूल महिना रहेको छ । धनार्जन गर्न वा रोजगारी प्राप्त गर्न प्रयास गर्दै हुनुहुन्छ भने आशावादी बन्ने महिना हो ।

नवौं भावमा सूर्यको भ्रमण अवधि भएकाले बन्दव्यापारमा संलग्न व्यक्तिका लागि भाग्यले साथ दिने समय छ, यस अवधिमा गरेको सानो प्रयत्नले ठूलो काम बनाउन सक्नुहुन्छ । मन धार्मिक र दार्शनिक क्रियाकलापमा आकर्षित बन्नसक्छ ।यो महिना कुनै पनि अशु’भता नहोस् र शुभ फलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले सप्तम भावमा बसेको भाग्येश मङ्गलको प्रियताका लागि हरेक मङ्गलवारका दिन गणेश वा हनुमानको मन्दिरमा गई मूर्तिको पाउमा रहेको सिन्दूरको टीका लगाउने बानीको विकास गर्नुपर्छ । ग्रहगोचरको मूल्याङ्कन गर्दा यस महिनाको ०५, ०६, ०७, १५, १६, २३, २४ र २५ गतेको समय तपाईंका लागि अशु’भ रहने सङ्केत छ । (कृष्ण प्रसाद काेइराला ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ )

राशिफलले जेजस्तो भनेको भएपनि तपाईंको यो महिना शुभ रहोस् ।

७४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया