
काठमाडौं, २८ कार्तिक / पेट्रोलियम पदार्थको मूल्यवृद्धिको वि’रोधमा सत्तापक्षीय गठबन्धनका विद्यार्थी संगठनहरु सडक आ’न्दोलनमा उत्रिएका छन् ।
उनीहरुले आज सिलिण्डरसहित प्र’दर्शन गरेका हुन् । नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रा’न्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु लगायत विभिन्न विद्यार्थी संगठनले आज संयुक्त रुपमा आ’न्दोलन गरेका हुन् ।
उनीहरुले बोकेको सिलिण्डरमा ‘मलाई किन यति मूल्य बनायौं ?’ लगायतका ना’रा लेखिएका थिए । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरो’धमा ग्याँस सिलिण्डर, थाल प्रदर्शन कार्यक्रमको आयोजना गरेका हुन् ।