शनिबार १८ मंसिर २०७८

एजेन्सी / ज्योतिषशास्त्रमा मुहूर्तको धेरै महत्त्व छ । जन्मदेखि मृ’त्युसम्म नेपाली धार्मिक समाजमा मुहूर्तको पालना गरिन्छ । ज्योतिषशास्त्रमा, कुन मिति, कुन नक्षत्रलाई कुन कामको लागि अनुकूल वा प्रतिकूल मानिन्छ भन्ने कुरा विस्तृत रूपमा वर्णन गरिएको छ । आउनुहोस् यो कुरा जान्नुहोस् कि कुन मुहूर्तमा पैसा सम्बन्धि लेनदेन गर्दा नो’क्सान हुनसक्छ त ?

बार : मंगलबार, शनिबार र आइतबार कहिल्यै पनि ऋण नलिएकै राम्रो हुन्छ। त्यस्तै, बुधबार कसैलाई पनि पैसा सापटी तथा कुनै प्रकारको ऋण नदिनुहोला । यस दिन दिएको ऋण डुब्न पनि सक्छ ।

योग : वृद्धि योग, द्विपुष्कर योग, त्रिपुष्कर योगमा गरेको पैसाको लेनदेन कहिले पनि चुक्ता हुँदैन । त्यसैले यी योगमा कुनै पनि कारोबार नगरेकै राम्रो हुन्छ ।

नक्षत्र : हस्त नक्षत्रमा लिएको ऋण कहिल्यै चुक्ता हुँदैन । त्यसैले हस्त नक्षत्रमा भुलेर पनि ऋण नलिनुहोस् , तर यस नक्षत्रमा ऋण चुक्ता गर्न सक्यो भने समृद्धि र भाग्यको फल राम्रो मिल्छ । मूल, आद्रा, ज्येष्ठा, विशाखा, कृतिका, ध्रुव संज्ञक नक्षत्र अर्थात् उत्तरा फाल्गुनी, उत्तराशाह र उत्तराभद्रपद र रोहिणी आदि नक्षत्रको प्रयोग गर्नु हुँदैन ।

लग्न : चर लग्नमा कहिल्यै पनि ऋण दिनु हुँदैन,अन्यथा यो फिर्ता हुने छैन । चर लग्नेमा पाँचौं र नवौं स्थानमा कुनै शुभ ग्रह र आठौं स्थानमा कुनै ग्रह हुनु हुँदैन, अन्यथा ऋण माथि ऋण बढ्दै जान्छ ।

यसैगरी हरेक व्यक्ति धनवान र समृद्द हुन चाहन्छ तर भाग्यले जसलाई साथ दिन्छ उही मात्र धनी बन्छ । ज्योतिषशास्त्रमा यस्तो योगलाई यसरी बताइएको छ । यस्तो योग कुनै पनि व्यक्तिको कुण्डलीमा भएमा एक न एक दिन भाग्य चम्केर व्यक्ति धनवान बन्न सक्छ । तपाईको जन्म कुण्डलीमा पनि यस्तै योग छ कि ?

ज्योतिषशास्त्रका अनुसार जसको जन्म कुण्डलीमा बुध कन्या वा मिथुन राशिमा पाचौं घरमा र मंगल एवं चन्द्रमा एघारौं घरमा हुन्छ, उसको कुण्डलीमा धन योग बन्छ र सो व्यक्ति धनवान बन्न सक्छ साथै धेरै मात्रामा धन सञ्चय गर्न पनि सक्षम हुन्छ ।

शनि महाराज कुण्डलीको पाँचौं घरमा मकर वा कुम्भ राशिमा भएको बेला बुध, मंगल सँग एघारौ घरमा भएमा योग शुभ तथा राम्रो हुन्छ । यस्तै योग कन्या र तुला राशि हुनेको कुण्डलीमा पनि हुन सक्छ ।

मेष राशि भएका व्यक्तिको कुण्डलीमा सूर्य, सिंह राशिमा र मंगलको साथ चन्द्रमा एघारौं घरमा बसेको स्थितिमा धन योग हुन सक्छ । जसको जन्म कुण्डलीमा सूर्य लग्न स्थानमा बसेको छ, अनि पाँचौं वा सातौं स्थानमा गुरु बसेको छ भने सो व्यक्ति धनवान बन्न सक्छ । यस्ता योग भएका व्यक्तिले विवाह पछि झन उन्नती गर्दछन् ।

शनि कुंभ वा मकर राशिमा पहिला, चौथा, पाचौं तथा सातौं स्थानमा भएमा आर्थिक दृष्टिले शुभ मानिन्छ तर सातौं घरमा बसेको शनि ले वैवाहिक जीवनमा भने असर गर्न सक्छ । जसको कुण्डलीमा शुक्र तुला वा वृष राशिमा बसेको हुन्छ र गुरु धनु वा मिन राशिमा भएमा शुभ लक्षण मानिन्छ ।

७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया