शुक्रबार १९ जेठ २०८०

काठमाडौं / नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धन सबैमा मूल्यवृद्धि गरेको छ ।

मुल्यवृद्धिको च’र्को वि’रोध भइरहेकै बेला निगमले एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो ।

आयल निगम घा’टामा रहेको भन्दै निगमले बुधबार रा’तिदेखि लागू हुने गरी पेट्रोल, डिजल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो ।

पेट्रोल र डिजलमा साबिकको मूल्यमा तीन रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । अब पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ, डिजल ११९ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा पाँच रुपैयाँ बढेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए । अब हवाई इन्धन प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ ।

यसैगरी, निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको छ । अब ग्यास प्रतिसिलिण्डर १५७५ रुपैयाँ कायम भएको छ ।

८८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया