शनिबार १८ मंसिर २०७८

काठमाडौं, २३ कात्तिक / लामो समयदेखि प्राविधिक समस्याको कारण खुल्न नसकेको शिक्षक सेवा आयोगको स्थायी शिक्षकको विज्ञापन मंसिरमा खुल्ने तयारी भएको छ । विज्ञापन खुलाउने बारेमा सम्बन्धित पदाधिकारीसँग छलफल भैरहेको आयोगले जनाएको छ ।

अहिले आयोगले वार्षिक कार्यतालिका बनाइरहेको छ । नियमावली संशोधन र अन्य प्राविधिक स’मस्या देखाउँदै आयोगले लामो समयदेखि विज्ञापन खुलाउन सकेको थिएन ।

आयोगका पदाधिकारीहरुले शिक्षामन्त्री देवेन्द्र पौडेलसँग विज्ञापन खोल्ने विषयमा छलफल गरेका थि’ए । देशभरका सामुदायिक विद्यालयमा १७ हजार २२३ जना शिक्षकहरुको दरबन्दी रि’क्त रहेको छ ।

३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया