
काठमाडौं / सामाजिक सञ्जालमा कहिले के भाइरल हुन्छ थाहा हुन्न । यस्तै अहिले भेडाहरुको चर्चा छ, जुन भाइरल भै रहेको छ । इजरायलका लिअर पटेलले ड्रोनबाट खिचेको भेडाको बथानको भिडियो भाइरल भएको छ ।
उक्त टाइम ल्याप्स भिडियोलाई फेसबुकमा लाखौं पटक हेरिएको छ । दक्षिण इजरायलको पिस भ्याली योकनियामको फार्ममा रहेका भेडाको बथानको भिडियो खिचिएको हो ।
पटेलले हरेक पटक घुम्न जाँदा देखिन सकिने भेडाको बथानलाई माथिबाट कस्तो देखिएका भन्ने सोचसहित भिडियो बनाएको बताएका छन् । एकदमै ठूलो सङ्ख्यामा भेडाको बथान कहाँ र कति बेला हुन्छ भनेर उनले खोज्न थाले । र, सबैभन्दा धेरै जम्मा भएको बेलमा त्यहाँ १७ सय भेडा हुने उनले पत्ता लगाए र सोही समयमा उनले भिडियो खिच्ने सोच बनाए ।
अगाडिबाट खिच्दा सम्पूर्ण बथान छुटेर अर्को बाटो लाग्ने हुँदा भेडाको बाटो नछे’क्नका लागि उनले माथिबाट भिडियो खिचेका थि’ए । आफूले खिचेको भिडियो भाइरल हुँदा विश्वास गर्न गाह्रो भएको अनको अनभुव छ । उनले आफ्नो भिडियो यति चर्चित हुन्छ भनेर सोचेका थिएनन् ।
इजरायलको हैफामा बस्दै आएका पटेल प्रोफेस्नल हवाई फोटोग्राफर हुन् । सामान्यता ड्रोन चलाएर वर्षभरि निजी काम गर्ने पटेललाई अहिले विश्वभरबाट अन्तर्वार्ता र अन्य काम गर्नका लागि इमेल आइरहेको छ । बीबीसी
हे’र्नुहोस् भिडियो :-