शनिबार १८ मंसिर २०७८

एजेन्सी/ प्राणीका लागि पानी जिन्दगानी हो । पानी पिउँनु आफैंमा स्वास्थ्यका लागि लाभदायक हुन्छ । हामीलाई लाग्ने भन्दै धेरै रो’गहरु पानीका कारण लाग्ने गर्दछन् त्यसैले ध्यान दिन जरुरी छ । यति मात्र हैन मिलाएर पानी पिउदा पनि धेरै सम’स्याको समाधान हुन्छ । तर खाली पेटमा पानी पिउ’नु स्वास्थ्यका लागि अति नै धेरै राम्रो हुनेछ ।

अधिकांश रो’ग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो । वरिष्ठ पेट रो’ग तथा कलेजो रो’ग बिशेषज्ञ डा. संदीप राज कुवँर यदि मानिस स्वस्थ रहने हो भने पेटलाई स्वस्थ राख्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ मानिसका अधिकांश रोग खानपानबाटै उब्जिन्छन् ।

खानपानको पहिलो घर भनेको पेट हो । पेटलाई नै सबै कुरामा बचाउने हो भने अधिकांश प्रा’णघातक रो’गबाट ब’च्न सकिन्छ । पेट स्वास्थ्यका लागि बिहानैको मनतातो पानी अमृत समान हुन्छ । यसैले पानी पिउन जान्नुहोस् भन्ने उहाँको सुझाव छ ।

खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो । प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ ।

खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मनतातो पानी उपर्युक्त हुने बताइएको छ तर गर्मीमा सामान्यतया तातो भन्दा ठिक्क चिसो पानी पिाउन सुझाव दिइन्छ । हामीले कहिले पनि ज्यादै चिसो पानी पिउनु हुँदैन । आउँनुहोस् बिहान उठ्दा पानी पिउदा हुने चमत्कारिक लाभहरु ।

आन्द्रामा फ्लस :

खाली पेट प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ । यसले पाचन प्रणालीलाईपनि सहयोग गर्छ । तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ ।

शरिरका विकार फालिदिन्छ :

तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ । जतिधेरै पानी पि’उनुहुन्छ त्यति धेरै वि’कार शरिरबाट फाल्न सहयोग पुग्छ ।

भोक बढाउछ :

नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने रु खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ । बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ ।

टाउको दु’ख्नबाट बचाउछ :

मानिसलाई बारम्बार टा’उको दु’ख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो । डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दु’ख्नु हो । तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो सम’स्याबाट मु’क्ती मिल्छ । टाउको दु’ख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्या’क्टेरियाको सं’क्रमणबाट जोगाउछ ।

कोलोन सफा गर्छ :

पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ । तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ ।

मेटाबोलिजमलाई तीब्र पार्छ :

यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो । पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुहुन्छ । जसका कारण छोटो समयमा नै तौल घट्छ ।

उर्जा बढाउछ :

यदि तपाईलाई अ’ल्छि लागेको छ भने एक गिलास पिउनुहोस । खाली पेट पानी खाँदा र’गतका र’क्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ ।

अनुहारको छालामा चमक ल्याउछ :

खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ । शरिरमा जति बढी वि’कार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ। तर प्रशस्त पानी खाँदा वि’कार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।

रो’ग प्रतिरो’धात्मक क्षमता बृद्धि गर्छ :

समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रो’ग प्रतिरो’धात्मक क्षमता बृद्धि गर्छ । तपाईको रो’ग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रो’ग लाग्दैन । एजेन्सीको सहयोगमा

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया