आइतबार ०७ कार्तिक २०७८

काठमाडौं/ नेकपा माओवादीले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच भएको सहमतिलाई क्रान्तिकारी आ’त्मसमर्पण’वाद भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीले विप्लव महापतनको बाटोमा उन्मुख भएको आरोप लगाएको छ ।

सरकार र बि द्रोही नेकपाबीच भएको ३ बूँदे सहमतिलाई सो पार्टीले जनतामाथिको गद्दारी भनेको छ । सहमतिपत्र सार्वजनिक भएलगत्तै बिहीबार विज्ञप्ति जारी गर्दै सो पार्टीले विप्लव सत्ता स्वार्थमा लि’प्त भएको पनि दाबी गरेको छ ।

विज्ञप्तिमा सरकार र विप्लवबीचको सहमतिलाई आ त्मसमर्पण’वाद र नेपाली जनतामाथि गरिएको गद्दारी भन्दै त्यसका बिरुद्ध आज फागुन २१ गते देशभर कालो झण्डासहित मसाल जुलुस प्रदर्शन गर्ने पनि जनाइएको छ ।

‘केही उ’ग्रवादीले महापतनको बाटो रोज्दै धोकेवाज,जनतालाई आश्वासन दिएर गद्दार कालो बादलको टाङमुनि छिरी लम्पसार परेर आ’त्मस’मर्पण गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘जनता र कार्यकर्तालाई सडकमा छाडेर आफू सत्तामा लिप्त हुने सपना देखेका गद्दारलाई ऐतिहासिक विरासत बोकेको नेकपा माओवादीले परास्त गर्नेछ । ‘

कमरेड नेपालका नामबाट जारी विज्ञप्तिमा प्रचण्डदेखि विप्लवसम्मले जनतालाई धोका दिएको भन्दै जनयु’द्धको आवश्यकता अझै बढेको उल्लेख गरिएको छ ।

४८० पटक हेरिएको

तपाईको प्रतिक्रिया