बुधबार २४ जेठ २०८०

तिहार हिन्दुहहरुको एक विशेष चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर कात्तिक शुक्ल पक्षको द्धितीया तिथिको भाइटिकासम्म पाँच दिन मनाइन्छ ।

यो पर्व पाँच दिन सम्म मनाइने भएकोले यस चाडलाई विशेष रुपमा हेरिन्छ । हिन्दु धर्मालम्बीहरुले यस पर्वलाई दिपावली गरेर धुमधामसँग मनाउँछन् ।

पौराणिक कथा अनुसार सुर्यको छोरा य’मराजले आफ्नी बहिनी यमुनाको निम्तो स्विकार गरी बहिनीको घरमा गई रमाइलो गरेको हुनाले यी पाँच दिनलाई य’मपञ्चक भनिएको हो ।

यसरी यमुनाको घरमा बस्दा य’मराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर मा’ग’ भनेपछि उनले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाई दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाईको आयु, कीर्ति सदा बृद्धि होस्’ भन्ने वरदान मा’गेकी थिइन् ।

य’मराजले पनि ‘तथास्तु’ भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले पुजा गर्ने गराउनेहरुको सधै उन्नती हुने तथा कीर्ति पनि फिँजिने वर दिई बहिनीसँग बि’दा भई गएका थिए । त्यस समयबाट यो पर्व मानिदै आएको छ ।

तिहारले पशुपक्षी तथा मानवबीचको प्रगाढ सम्बन्धको चित्रित गर्छ भने अर्कोतिर दाजुभाई तथा दिदी बहिनीबीचको आत्मीय र पवित्र स्नेर्ह वं सम्ब’न्धलाई पनि उजागर गर्छ । यी पाँच दिनमा साँझमा घरको मुलढोकामा य’मराजलाई दीपदान गर्नाले मृ’त्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वासले घर–घरमा बत्ती बालेर दिपावली गर्ने गर्छन् ।

जुन घरमा यसरी दिपावली हुन्छ त्यसघरमा कहिल्यै अ’पमृत्यु र अ’ल्पमृत्यु हुँदैन भन्ने मान्यता चलिआएको छ । य’मपञ्चकमा काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाई पुजा गरिन्छ । तिहार पिङ खेलेर, देउसीभैलो खेलेर र दीपावली गरी मिष्ठान्न भोजन गरेर रमाइलो गरी मनाइन्छ ।

५४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया