सोमबार २० मंसिर २०७८

काठमाडौं / अमेरिकी राष्ट्रपति जो बाइडेनले तिहार (दीपावली) मनाउने विश्वभरका सबैलाई शुभकामना दिएका छन् । राष्ट्रपति बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा राष्ट्रपति निवास ह्वाइट हाउसभित्र दियो बालेको तस्बिर सेयर गर्दै दीपावलीको शुभकामना दिएका हुन् ।

बाइडेनले बिहीबार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ बजेर ३१ मिनेटमा बाइडेनले उक्त शुभकामना सन्देश पोस्ट गरेका हुन् । तस्बिरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै देखिएकी छन् ।

उनले भनेका छन्, ‘प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अ’न्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ । विभा’जनपछि एकता आउनेछ र दुः’खपछि आशा पलाउनेछ ।’

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया