शनिबार ११ मंसिर २०७८

काठमाडौं, १७ कार्तिक / नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई कुचो लगाएर बढार्ने बताएका छन् ।

नेपाली कांग्रेसले भक्तपुर सुर्य बिनायक नगरपालिका वडा नम्बर–७ गुण्डुमा शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो । बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो । के पी ओलीले हामीलाई सिङ्गल–सिङ्गल ल’ड्ने भनेको होइन त ? हामी विगतमा सिङ्गल नै ल’डेर पहिलो पार्टी बनेको हो ।’

उनले अहिले आफूहरुले चाहेर सरकारको नेतृत्व नलिएको भन्दै यो परिस्थितिले दिएको जिम्मेवारी भएको सुनाए । अब जिम्मेवारी लिएपछि यसलाई पूरा गर्नुपर्नेमा उनको जोड छ ।

उनले आफूहरु युवा पुस्तामाथि ठूलो धो’का भएको भन्दै आगामी निर्वाचनमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार एक वर्ष ढुक्कले चल्ने पनि दा’बी गरे । यसमा कोही पनि अ’ल’म’लमा पर्न नहुने उनको भनाई छ ।

१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया