
झिलिमिली उज्यालो बत्तिहरु, आँगनमा मगमगाँउदै फूलेका सयपत्री र मखमली फूल, सेलरोटी लगायत विभिन्न प्रकारका स्वादिला मिठाईहरु तथा देउसी भैलोको रोमाञ्चक नाचगानमा मात्रै तिहार पर्वको परिचय सीमित छैन । हिन्दू धर्मावलम्बीहरुले हर्षोल्लासपूर्ण रुपमा मनाउने तिहार दशैं सकिए लगत्तै आँउछ ।
कात्तिक कृष्ण त्रयोदशी देखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि पाँच दिन मनाइने यस पर्वमा प्रकृति र मानव जीवनसँग जोडिएका विभिन्न जीवहरुको समेत पूजाआजा गर्ने चलन रहेको छ । तिहार पर्वको पाँच दिनलाई य’मपञ्चक पनि भनिन्छ । य’मपञ्चकमा क्रमैसँग काग, कुकुर, गाई, गोरुको पूजा गर्ने गरिन्छ र अन्तिम दिनमा दिदीबहिनीहरुले आफना दाजुभाईलाई टिका लगाइदिएर दिर्घायुको कामना गर्ने गरिन्छ ।
तिहारमा कुकुरको पूजाआजा किन गरिन्छ ? :- य’मपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्ब’न्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ ।
हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै य’मराजको दूतका रुपमा वर्णन गरिएको छ । मृ’त्यूपर्यन्त पनि मो’क्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बा’हनको रुपमा पनि चिनिन्छ ।
मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चो’र डाँ’काबाट बँचाउने गर्छ । कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ ।
कुकुर तिहारको दिन कुकुरलाई पूजाआजा गरि माला लगाइदिने चलन रहेको छ । त्यसपछि कुकुरलाई मन पर्ने खानेकुरा खान दिइन्छ । ऋगवेदमा देवकुकु’र्नी शरमाले इन्द्रको दूत बनेर अ’सुर व्यापारीहरूसित वा’र्ता गरेको प्रसङ्ग छ ।
यस्तै अर्को पौराणिक प्रसङ्गमा शरमाका छाउरालाई सानो ग’ल्तीका कारण यज्ञकर्ताहरूले कु’टेकाले कुकु’र्नीले उनीहरूलाई श्रा’प दिएको प्रसंग उल्लेख छ । यस्तै महाभारतमा पाण्डवहरू स्व’र्ग जाने बेलामा युधिष्ठिरले आफ्नो कुकुरलाई पनि सँगै लिएर स्व’र्ग गएको कथा छ । उक्त कथामा कुकुरलाई य’मराज वा धर्मराजकै स्वरूपको रुपमा वर्णन गरिएको छ ।
कुकुर तिहारको दिनलाई न’र’क चतुर्दशी पनि भनिन्छ । यो दिन सबै पा’प ना’श गर्न न’र्के नुहाउने चलन रहेको छ । यस दिन मासको पात खाने चलन पनि रहेको छ । यस दिन मासको पातको साग खाए मानिसका सबै पा’प ना’श हुन्छ भन्ने विश्वास रहेको छ ।
कुकुर तिहारको दिन कुकुरको पूजाआजा गरी खाना खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यसैले कुकुर तिहारको दिनमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरहरुलाई पनि माला लगाइदिइ टिका लगाइदिएर खाना खान दिइन्छ ।
पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ । कुकुर तिहारको दिन मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्धको अर्चना गरिन्छ । कुकुर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले य’मराजबाट द’ण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ । त्यसैले यस दिन विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ ।
हाम्रो समाजमा कुकुरको किन धेरै महत्व रहेको छ ? :- विशेष गरी कुकुरहरु हाम्रो गाँउघरमा सुरक्षा र हेरचाहको लागि पालिने गरिन्छ । गोठहरुमा धेरै पशुपालन गर्ने कृषकहरुले गोठालोको रुपमा पनि कुकुर पाल्ने गर्छन् । त्यस्तै कुकुरले प्राकृतिक प्र’कोप आउनुपूर्वनै केही समयअगाडि नै थाहा पाउँछ र भुकेर यस्ता कुराहरुको पूर्वसूचना दिने गर्छन् । जति सुकै दुः’ख क’ष्ट आइपरे पनि कुकुरले आफ्नो मालिकको साथ छो’ड्दैन । त्यसैले मानिसले कुकुरलाई आफ्नो भरपर्दो साथीको रुपमा लिने गर्छन् ।
कुकुरलाई आज्ञापालक र रक्षक मात्र मानिँदैन यसले विभिन्न अ’पराध गर्ने अप’राधीहरू प’त्ता लगाउने, अध्ययन/अनुस’न्धानको कार्यमा पनि सघाउँछ । कुकुरको सुँघ्न सक्ने क्षम’ता असा’धारण हुन्छ । त्यसैले से’ना, प्रह’रीहरुले अप’राधी प’त्ता लगाउन पनि तालिमप्राप्त कुकुरको सहायता लिने गर्छन् । यमपञ्चकले पृथ्वीमा रहेका सबै जीव जनावरहरुलाई हामीले माया र संरक्षण गर्नुपर्छ भन्ने कुरा सिकाँउछ । त्यसै अनुसार मानवसभ्यताको सुरुवातदेखि नै मानवहरुलाई साथ दिँदै आएको कुकुरलाई विशेष महत्व दिएर पूजाआजा गरिन्छ।