
काठमाडौं/ सरकारले लगाएको प्रतिबन्ध हटाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक रुपमा देखा परेका छन् । महासचिव विप्लवले नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेका हुन् ।
सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लव पहिलोपटक सार्वजनिक रुपमा देखा परेका हुन् । नवलपरासीमा शहीद परिवार भेटघाट गरी उनी आज काठमाडौं आउँदै छन् ।
विहान ३ बजे पूर्वी नवलपरासी आइपुगेका विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं प्रस्थान गरिसकेका छन् । उनलाई त्यहाँ उनी निकट कार्यकर्ताहरुले विदाइ गरेका थिए ।
काठमाडौं आए लगतै उनी २ बजे राष्ट्रियसभा गृहमा हुने घोषणासभा कार्यक्रममा सहभागी हुने छन् ।