बुधबार २२ मंसिर २०७८

टेक्सस, १५ कात्तिक / अमेरिकन एयरलाइन्सले कर्मचारी अ’भा’व’मा हजारभन्दा बढी उडान र’द्द गर्नुपरेको छ । एयरलाइन्सले कर्मचारी अ’भा’व र मौसमको कारण देखाउँदै सो संख्यामा उडान र’द्द गर्नु परेको हो ।

फ्लाइटअवेरको नयाँ तथ्यांकअनुसार एयरलाइन्सले ह्वालोविन सप्ताहको लागि उडान तय गरिएका करिब ७ सय उडान र’द्द गरेको छ भने गएको शुक्रबारदेखि हालसम्म १ हजारभन्दा बढी उडान र’द्द गरेको छ ।

कर्मचारी अभाव र मौसम वि’ष’मताको कारण देखाउँदै एयरलाइन्सले शनिबार र आइतबारका करिब मात्र करिब ८ सय उडान स्थगित गरेको तथ्यांकले जनाएको छ ।

अमेरिकन एयरलाईन्स कम्पनीले संसारभर दैनिक ६ हजार ७ सय उडान सञ्चालन गर्दै आएको छ ।

गएको बिहिबारदेखि त्यहाँको मौसम ख’रा’ब भएको र विभिन्न कारण कर्मचारी अ’भा’व हुँदा उडान स्थ’गि’त गर्नुपरेको अमेरिकन एयरलाइन्सका सीइओ डेभिड सेमौरले बताएका छन् । सो स’म’स्या एक महिनाभित्रै ह’ल गर्नेसमेत उनको भनाइ छ ।

कम्पनीले डिसेम्बरभित्र १८ सय विमानका कर्मचारी र ४ हजारभन्दा बढी विमानस्थलका कर्मचारीहरुलाई नियुक्त गर्ने घो’ष’णा गरेको छ । तस्वीर : एजेन्सी ।

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया