आइतबार १७ मंसिर २०८०

एजेन्सी/ म्यानमारमा फेब्रुअरी १ मा से’नाले सत्ता सम्हालेपछि क’म्तीमा ५४ मानिस मा’रिए र १ हजार ७०० भन्दा बढीलाई प’क्राउ गरिएको बताइएको छ ।

बुधबार र बिहीबार मात्र से’नाको गो’ली लागी दर्जनौं प्रदर्शनकारी मा’रिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार से’नालाई प्रदर्शनकारीहरूको ह’त्या र उनीहरूमाथिको द’मन रोक्न आग्रह गर्नुभएको छ ।

म्यान्मारमा प्रद’र्शनको सबैभन्दा भ’यावह दिन पछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गो’ली हा’नेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ ।

संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रद’र्शनकारीहरुप्रति उनीहरुको क्रु’र कारबाही रोक्न आग्रह गर्नुभएको हो ।

“म्यानमारको सेनाले प्रदर्शनकारीको ह’त्या र जे’ल चलान रोक्नु पर्छ,” उहाँले भन्नुभयो । “यो एकदम घृणित कुरा हो कि सुरक्षा बलले देशभर शान्तिपूर्ण आन्दोल’नकारीहरूबिरूद्ध सिधै गो’ली चलाइरहेको छन् । यो मानव अधिकार विरोधी काम हो । राष्ट्रसंघ यसको घो’र निन्दा गर्दछ ।

बचेलेटले थप्नुभयो, “घाइ’तेलाई उद्धार गर्न पुगेका आप’तकालीन स्वास्थ्य कर्मचारी र एम्बुलेन्सबिरूद्ध पनि आ’क्रमण हुनु घो’र आप’त्तिजनक कार्य हो ।

संयुक्त राष्ट्रसङ्घीय अधिकारमामिला हेर्ने कार्यालयका अनुसार फेब्रुअरी १ देखि प्रहरी र सैनिक अधिकारीहरूले कम्तिमा ५४ व्यक्तिलाई ‘सुरक्षा का’रबाही’ का क्रममा मा’रेको पुष्टि गरेको छ ।

वास्तविक मृ’त्यु हुने संख्या धेरै बढी हुन सक्ने पनि उक्त कार्यालयले प्रमाणित बताएको छ । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मा’रिए र एक हजार ७०० भन्दा बढीलाई प’क्राउ गरिएको पुष्टि गरिसकिएको छ । म्यानमारमा सेनाले सत्ता लिएपछि सैनिक कदमको विरो’धमा निरन्तर प्रद’र्शनहरू हुँदै आएका छन् ।

९३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया