
डोटी, १४ कात्तिक/ डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चि’तकालका लागि ब’न्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको नि’र्णय पा’लना नगरेको भन्दै आ’न्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चि’तकालका लागि ब’न्द गर्ने निर्णय गरेका हुन् ।
पालिकाले सरकारको निर्णयानुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भन्दै गरिएको विद्यालय ब’न्दको त्यहाँको गाउँपालिका शिक्षक महासङ्घले ऐ’क्यबद्धता जनाउँदै आ’न्दोलनमा सहभागिता जनाएको छ ।
जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकसँगको सहमतिमा पारिश्रमिक बढाएको तर उक्त गाउँपालिकाले बेवा’स्ता गरेको भन्दै शिक्षक तथा कर्मचारी आ’न्दोलित बनेका गाउँपालिका शिक्षक महासङ्घका अध्यक्ष गणेश दाहालले जानकारी दिए ।
उनका अनुसार सङ्घीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारका तर्फबाट प्रतिव्यक्ति रु सात हजार पारिश्रमिक बढाउनुपर्ने र मा’ग पूरा नहुञ्जेलसम्मका लागि गाउँपालिकामा रहेका ३३ वटै विद्यालय ब’न्द गर्ने निर्णय गरी ता’ला’बन्दी गरिएको हो ।
को’रोना भा’इ’रसका कारण विद्यार्थीको पढाइ पूरा हुन नसकी अन्यो’लता का’यमै रहेका बेला पुनः शिक्षकबाट विद्यालय ब’न्द हुनु दुः’ख’द् रहेको र विद्यालय कर्मचारी तथा सहजकर्ताको मा’ग चाँडो सम्बो’धन गरी विद्यालय सञ्चालन गर्नुपर्ने नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गणेश खड्काले बताए । गाउँपालिकाले तलब वृद्धिका विषयमा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन । -रासस/ फा’इ’ल तस्विर