शनिबार १८ मंसिर २०७८

साताको पहिलो दिन अर्थात आइतबार सबैका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ । ज्योतिष शास्त्रका अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ ।

धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्य अस्ताउनुभन्दा पहिला नूनको से’वन नर्गदा राम्रो हुन्छ । यो दिन र मा’सु, र’क्सी जस्ता ता’म’सी भोजन खानु हुँ’दैन । आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मा’निदैन भने यो दिन स’ह’वा’स गर्नुलाई पनि पा’प मानिन्छ । आइतबार तामा, सखर, रा’तो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ ।

यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमिन्छ । आजको दिनमा सूर्य अर्घ्य मन्त्र–
ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।
ॐ सूर्याय नमस् , ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।
अर्घ्य समर्पयामि।। जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ ।

यसैगरी हिन्दु धर्मालम्बीहरु हात्तिलाई पुज्ने गर्दछन् । हिन्दू मात्र होइन बौद्ध धर्ममासमेत हात्तिलाई पवित्र जीव मानिन्छ । यस्तै चिनियाँ वास्तु र फेंगशुई विज्ञानमा पनि हात्तिको मुर्ती, पेन्टिंग वा चित्र राख्नु शुभ मानिन्छ ।

हिन्दू मान्यता अनुसार स्वर्गका राजा इन्द्रको वाहनसमेत हात्ति थियो । साथै भगवान गणेशको शीर पनि हात्तिको नै छ । यसका साथै धनकी देवी लक्ष्मीको दुबैतर्फ देख्न सकिने हात्ति हिन्दू मान्यता अनुसार उनको सेवामा रहेका हुन्छन् । तसर्थ हिन्दुहरु हात्तिलाई पुज्ने गर्दछन् ।

वास्तुशास्त्र अनुसार उत्तर र दक्षिण दिशामा रा’तो रंगको हात्ति राखेमा समाजमा मानसम्मान र यश वृद्धि हुने मान्यता छ । यदि कार्यस्थलमा वा व्यक्तिगत यशका लागी यो उपाय गर्न चाहेमा आफू बस्ने दक्षिण दिशामा रा’तो हात्ति राख्नु लाभसिद्ध हुन्छ । यदि आफ्नो व्यवसायमा यश र प्रतिष्ठा बढाउन चाहेमा उत्तर दिशामा रा’तो रंगको हात्तिको प्रतिमा राख्नु पर्दछ ।

चाँदीद्धारा निर्मित हात्ति ज्योतिष एवम् वास्तु दृष्टिमा शुभ मानिन्छ । वास्तु अनुसार, चाँदी र हात्ति दुबै नका’रात्मकता न’ष्ट गर्न र सकारात्मकता बढाउन मदद्त गर्दछ । चाँदीबाट बनेका हात्ति घर वा अफिसको टेबलमा राखेमा रो’किएको काममा गति आउँछ साथै बढुवाको योग बन्दछ ।

चाँदीको हात्ति उत्तर दिशामा राख्नू शुभ मानिन्छ । अझ यसलाई रा’तो कपडामा बेरेर ढुकुटीमा राखेमा आयको स्रोत बढ्दछ । यदि विद्यार्थीको आफ्नो करियरमा बारम्बार आएको अ’स’फलता वा सम’स्या हटाउन चाहेमा पढाई कक्षमा सूड उठाएको हात्तिको प्रतिमा राखेमा शुभ परिणाम प्राप्त हुन्छ । बु’टवल ख’ब’रबाट ।

१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया