सोमबार १० आश्विन २०७९

काठमाडौं,कात्तिक १४ / पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । यही सिजन शुरू हुनै लाग्दा र अन्तरराष्ट्रिय बजारमा कोइलाको मूल्यमा वृद्धि हुँदा निर्माण सामग्री र सिमेन्टको मूल्यमा वृद्धि देखिएको हो ।

अहिले फलामे छडको मूल्य ६ देखि १० रुपैयाँ सम्म वृद्धि भएको छ भने सिमेन्टको मूल्यमा २० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको सिजन शुरू हुने बेलामा नै फलामजन्य निर्माण सामग्रीको मूल्य वृद्धिले मा’रमा पर्ने बताए ।

सरकारले ल्याएको स्पन्ज आइरन र बिलेट आयातका सम्बन्धमा ल्याएको नीतिले फलामजन्य सामग्रीको मूल्य घट्ने आकलन गरिए पनि यसको मूल्य बढेको उनले बताए ।

‘फलामे छडदेखि अन्य निर्माण सामग्रीको मूल्यमा प्रतिकेजी चार देखि पाँच रुपैयाँसम्म कमी आउने अ’पे’क्षा थि’यो,’ सिंहले भने, ‘प्रतिस्थापन विधेयक आउनुअघि स्पन्ज आइरनबाट बनेको डन्डी खरीद गर्दा प्रतिकेजी ७९ र प्राइम बिलेटबाट बनेको डन्डी प्रतिकेजी ८३ रुपैयाँ मूल्य तिर्नुपर्थ्यो ।’

रोलिङ मिल्सहरूमा प्रति’स्पर्धा हुन नसकेको र उत्पादन नै रो’क्न थाल्दा मूल्यमा कार्टेलिङ भएको उनको भनाइ छ । उनका अनुसार अहिले फलामे छड किन्दा प्रतिकेजी १०२ देखि १०६ रुपैयाँसम्म तिर्नु परेको छ । आ’र्थि’क अभि’यान दैनि’कबाट ।

३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया