
एजेन्सी / जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ।
उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ। टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ।
यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ। यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको समाचारमा उल्लेख गरिएको छ। यो टेक्नोलोजीले तह’ल्का मचाएपछि चीन र अमेरिकालाई झ’ट्का लाग्ने संकेत देखिएको छ।
त्यस्तै, जापानको प्रविधि कम्पनी एएलआइ टेक्नोलोजीले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफूले बेच्ने बताएको छ। कम्पनीका कार्यकारी अधिकारी सुही कोमाट्सुले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफ्नो कम्पनीले ग्राहकलाई वितरण गरिसक्ने बताएका हुन्।
यस प्रविधि कम्पनीेले विशेषगरी साना ड्रोनहरु निर्माण गर्दछ। यस बाइकसमेत ड्रोन शैलीमा निर्माण गरिने बताइएको छ। कम्पनीले आफ्नो बाइक कस्तो हुने भनेर परीक्षण गरेरसमेत देखाएको छ।
यस्ता बाइक धेरै सवारीको चा’प हुने स्थानमा प्रयोग गर्न सकिने कम्पनीको धारणा रहेको छ। जापान टाइम्सका अनुसार साना कारहरुको हाराहारीमा उड्ने बाइकको मूल्य हुने जनाइएको छ।
तेस्तै : अमेरिकी कार निर्माता टेस्लाका सीईओ एलन मस्कले कम्पनीको ‘फुल सेल्फ ड्राइभिङ एफएसडीमा समस्या देखिएको बताएका छन्।कम्पनीले यो सफ्टवेयर सार्वजनिक गरेको एक दिन पूरा नहुँदै मस्कले अस्थायीरुपमा यो सफ्टवेयरलाई रोकिएको बताएका हुन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् मस्कले अस्थायीरुपमा यो सफ्टवेयरको प्रयोग रोकिएको बताएका हुन्। यसअघि नियामकले टेस्लाको चालकलाई सहयोग पुग्ने किसिमको ‘अटोपाइलट’ प्रमालीको सुरक्षाको बारेमा चासो राखेको थियो।
यो प्रणालीको प्रयोग गरेका कार दु’र्घटनामा परेको समाचारसँगै नियामकले टेस्लामाथिको अनुसन्धान अघि बढाएको थियो। यस्तोमा टेस्लाले थप आधुनिक र सुरक्षित सफ्टवेयरको रुपमा एफएसडी ल्याएको थियो। यसमा थप स्वचालित फिचर छन्।
यद्यपि एफएसडी सफ्टवेयर प्रयोग गरेको सवारीमा पनि चालक भने चाहिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। एफएसडीमा देखिएको समस्या समाधान गरेपछि केही दिनमा नै यो सफ्टवेयर पुनः सञ्चालनमा आउने मस्कले बताएका छन्।
Tokyo-based drone startup A.L.I. Technologies unveiled a black and red hoverbike that consists of a motorcycle-like body on top of propellers. The machine that costs $680,000 rests on landing skids when stationary https://t.co/PzYSbmEVEF pic.twitter.com/oxBTu1qvD4
— Reuters (@Reuters) October 27, 2021