
काठमाडौं / दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजन’न गराउन नेपालका विज्ञहरू सफल भएका छन् ।
कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजन’न गराउन गरेको अनुस’न्धान सफल भएको मुख्य अनुस’न्धानकर्ता प्राध्यापक डाक्टर भूमिनन्दन देवकोटाले बताउनुभयो ।
“हामी बेमौसमी भैँसी प्रजन’नमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहनुभएका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भन्नुभयो, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुस’न्धानमा ९४ वटा भैँसीलाई बेमौसमी प्रजन’न गराउन सफल भएका छौँ । यो कुल प्रजन’नको ४७ प्रतिशत हो ।”
नगद पशुधनका रूपमा लिइने भैँसीको मुख्य प्रजन’न मौसम साउनदेखि मङ्सिरसम्म हो । यो बेला हरियो घाँस र पोषणयुक्त खानेकुराका साथै वर्षात्मा सजिलै पानीमा आहाल खेल्न पाउने भएकाले भैँसीको प्रजन’न मौसम मानिन्छ ।
यसरी प्रजन’न भएका भैँसी १० महिनामा ब्या’उँछन् । फागुनदेखि वैशाखसम्मको सुक्खा समय भने भैँसी प्रजन’नका लागि बेमौ’सम मानिन्छ ।
“फागुन, चैतजस्ता सुक्खायाममा भैँसीको तना’वयुक्त रस ‘फर्टि’टोल’ उत्पादन हुन्छ । यसले प्रजननमा स’मस्या हुने गरेको हो”, प्रा.डा. देवकोटाले भन्नुभयो, “पोसिला दाना र खानपिनमा ध्यान दिई भैँसीको शरीरमा ह’र्म’न विकास गराएर फ’र्टिटोल कम’जोर बनाउँदै डि’म्बाशय स’क्रिय गराई प्र’ज’न’न गराइने गरिएको छ ।”
कृषि तथा वन विश्वविद्यालयले चितवनको रामपुर भैँसी फर्म, पोखराको पशु विकास फर्म, सुनसरीको तरहरा पशु विकास फर्ममा रहेका भैँसीमा अनुस’न्धान गरेको थियो । अहिले यो कार्य किसानका भैँसीमा पनि सुरु भइसकेको बताइन्छ ।
विश्वविद्यालयका पशु विज्ञानमा विद्यावारिधि र स्नातकोत्तर तहमा अध्यययनरत विद्यार्थीलाई यो अनुस’न्धानमा परिचा’लन गरिएको छ । “हामीले विगत १५ वर्षदेखि भैँसीको बेमौसमी प्र’जननबारे अध्ययन सुरु गरेका थियौँ । पछिल्ला पाँच वर्षदेखि विस्तारै यसले उपलब्धि दिन थालेको छ”, देवकोटाले भन्नुभयो ।
विश्वमा सयभन्दा बढी जातका भैँसी छन् । तीमध्ये नेपालमा पाँच जातका भैँसीपालन गरिएको पाइन्छ । नेपालमा स्थानीय चार (लिमे, पारकोटे, गड्डी र तराई जात ) र भारतबाट आयात भएको एक ( मुर्रा ) गरी पाँच जातका भैँसी पालन गरिएको हो ।
लिमे, पारकोटे र गड्डी पहाडी क्षेत्रमा पालिने भैँसी हो भने तराई भैँसी र मुर्रा तराईमा पालिएका छन् । मुर्रा भैँसी भारतबाट नेपाल भित्र्याइएका हुन् । यो ख’बर आ’ज’को गोर’खापत्र दै’नि’कमा छ ।