आइतबार १२ चैत्र २०७९

काठमाडौं / सरकारले वि’देशी ना’गरिक सीमा नाकाबाट घु’सपैठ गरी नेपाल आएर बस्न थालेपछि परिचय–पत्र बिनाका कसैलाई पनि घर, कोठा र अपार्टमेन्ट भाडामा नदिन आ’ग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचय–पत्र माग्न सार्वजनिक रुपमा नै अ’पील गरेको हो ।

११ जना अ’फ’गा’न नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं ‘शर’णाथी’ बनेर लु’कि’छि’पी बसेको खुलेपछि गृहले यस्तो अ’पील गरेको हो । त्यस्तै गृहले परिचय–पत्र बिनाका कसैलाई पनि काममा नलगाउन आ’ग्रह पनि गरेको छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘पछिल्ला केही दिनका घट’नाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अन’धिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बूझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनु’रोध गरिन्छ ।’

त्यस्तै पहिचान नखु’लेका वि’देशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रह’री कार्यालयमा खबर गरेर सहयोग गर्नका लाग पनि गृहले आ’ग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘पहिचान नखु’लेका विदे’शी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रह’री कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुनसमेत अनु’रोध छ ।’

केही दिन अगाडि भारतको सुनौलीबाट रुपन्देहीको बेलहिया नाका हुँदै गैरका’नूनी रुपमा नेपाल भित्रिएका ११ अ’फ’गा’न ‘शरणार्थी’ सोमबार सिनामंगलबाट प’क्रा’उ परेका थिए । प्रह’रीले उनीहरुलाई प्रारम्भिक अनुस’न्धान गरी थप का’रबाहीका लागि अध्या’गमन विभा’गको जिम्मा लगाएको छ ।

१०५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया