
डडेल्धुरा / डडेल्धुरामा जु’वाखालबाट एक जना वडाअध्यक्षसहित २२ जना प’क्राउ परेका थि’ए । ३ कात्तिक बुधबार रा’ति प्रह’रीले जु’वाखालबाट अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्टसहित २२ ज’नालाई प’क्राउ गरेको थि’यो ।
अमरगढी नगरपालिका–५ जिलोडास्थित पदमराज ओझाको घरबाट ता’स खे’लिरहेको अवस्थामा उनीहरूलाई प’क्राउ गरेको डडेल्धुरा प्र’हरीले जनाएको छ।
ओझाको घरमा जु’वातास खेलिरहेको भन्ने सूचाना प्राप्त भएपछि जिल्ला प्रह’री कार्यालय डडेल्धुराबाट खटि’एको प्रह’रीले उनीहरूलाई नगद ९३ हजार नौ सय ६० रुपैयाँ र चार बुक ता’ससहित प’क्राउ गरेको थि’यो।
प्र’हरी प्रधान कार्यालयले बिहीबार प’क्राउ परेका २२ जनामध्ये अमरगढी नगरपालिका–४ का ५० वर्षीय ईन्द्रबहादुर थापाको नाम मात्रै सार्वजनिक गरेको थियो। तर प्रहरीको चर्को आलोचनापछि प्रहरीले बाँकीको पनि नाम सार्वजनिक गरेको छ।
प’क्राउ पर्नेमा ईन्द्रबहादुर थापा, गगन सिंह ढाँट, गोविन्द भट्ट, विक्रम ओझा, घनश्याम गिरी, उमेश महर, भीमबहादुर महर, नरेन्द्र ओली, यज्ञराज अवस्थी, डम्बर ओझा, सुरेश साउँद, महेश जोशी, ईश्वर भट्ट, वीरबहादुर सार्की, भीम ऐर, लोकराज अवस्थी, नरेश महरा, राजेन्द्रप्रसाद पाठक, राजेन्द्र ओझा, दानबहादुर ओली, केशव कुँवर र राम खड्का रहेको जिल्ला प्रह’री कार्यालय डडेल्धुराका प्रह’री नि’रीक्षक तथा सूचना अधिकारी राजेन्द्र चन्दले बताए।
प्रह’रीले उनीहरूम’ध्ये केहीलाई तारे’खमा छा’डेको जनाएको छ। जसमध्ये अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्ट पनि रहेका छन् । भट्टलाई पहुँ’चको भ’रमा छो’डेको स्थानीयले आ’रोप लगाएका छन्।