सोमबार १३ चैत्र २०७९

एजेन्सी / मानिसको शरिरमा सुँगुरको मिर्गौलाको सफल परिक्षण भएको छ । अमेरिकामा पहिलोपटक सुँगुरको मिर्गौला सफलतापूर्वक मान्छेको शरीरमा प्रत्यारोपण गरिएको रोयटर्सले जनाएको छ ।

अब मानव मिर्गौला प्राप्त नहुँदा पनि प्रत्यारोपण हुने भएको छ । यसमा व्यक्तिको प्रतिरोधात्मक प्रणालीले सो मिर्गौलालाई ‘रिजेक्ट’ नगर्दा यो परीक्षण ठूलो सफलता बनेको हो ।

नयाँ सफल परिक्षणले मिर्गौलाका विरामीहरुले ठूलो राहत पाउने भएका छन् । यो शल्यक्रिया न्युयोर्क सिटीस्थित एन।वाइ।यु लेनेगोन हेल्थमा गरिएको थियो । यसमा मानव शरीरले तुरुन्तै नकार्ने सुँगुरको टिस्युलाई हटाउन त्यसको जिन परिमार्जित गरिएको हो ।

यसमा शल्यक्रिया गरिएकी व्यक्ति चाहिँ केही समय अगाडि नै ‘ब्रेन डे ड’ घोषणा गरिएकी थिइन् जसको मिर्गौलाले काम नगरेको लक्षण देखिन्थ्यो । त्यसैले उनका परिवारसँग अनुमति मागेर उनलाई लाइफ–सपोर्टबाट हटाउनु अगाडि यो परीक्षण गरिएको अध्ययनकर्ताहरुले रोयटर्ससँग बताएका छन् ।

यसमा तीन दिनसम्म नयाँ मिर्गौला उनको र क्त नलीसँग जोडिएर रहेको र बाहिरी शरीरमा पनि कायम रहेको बताइएको छ । प्रत्यारोपण गरेका सर्जन, डाक्टर रोबर्ट मोन्टगोमेरी भन्छन्, “परीक्षणको नतिजामा सो मिर्गौलाले सामान्य जसरी काम गरेको देखियो । मान्छेबाट प्रत्यारोपण गरिने मिर्गौलाबाट अपेक्षा गरिने जति नै पिशाब यसले उत्पादन गर्यो ।”

ती व्यक्तिमा प्रत्यारोपण भन्दा पहिले असामान्य ‘क्रिएटिनाइन लेभल’ रहेको थियो जुन कमजोर मिर्गौलाको संकेत हो । तर सुँगुरको मिर्गौला प्रत्यारोपण गरिसकेपछि भने सो स्तर सामान्यमा फर्किएको मोन्टगोमेरीले बताए ।

अमेरिकामा मात्र हाल १ लाख ७ हजार बढी बिरामीहरु अङ्ग प्रत्यारोपण गर्ने पर्खाइमा छन् जसमध्ये ९० हजार बढीले मिर्गौला प्रत्यारोपण गर्न कुरिरहेका छन् । मिर्गौलाका लागि बिरामीले प्रायः पाँच वर्षसम्म पर्खिनुपर्ने हुन्छ ।

६९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया