
ताप्लेजुङ / पाथिभरा याङ्वरक–१ नाङ्खोल्याङका सनम गुरुङको परिवार २०६८ सालमा झापा बसाइँ सरे । बालीनाली सबै बाँदरले नष्ट गरिदिन थालेपछि थातथलो छाडेका उनीहरू ९ वर्षपछि गाउँ नै फर्किएका छन् ।
गाउँ फर्किएर २४ रोपनी बाँझो जमिनमा तितेपाती खेती सुरु गरेका छन् । ‘बाँदरको दुःख खप्न नसकेर झापा झरेका थियौं । त्यहाँको उखरमाउलो गर्मीमा झन् बस्न सकिएन,’ सनमले भने, ‘यहीँ आएर तितेपाती खेती थालेको छु । यसमा बाँदर लाग्दैन ।’
सनमले जिल्लामा पहिलोपल्ट भुवादार जापानी प्रजातिको तितेपाती खेती लगाएका हुन् । ‘झापा झरेपछि बाँझो जमिनको माया लाग्यो । जंगली जनवारले पनि क्षति नगर्ने र आम्दानी पनि चाँडै लिन सकिने खेती के हुनसक्छ भनेर खोज्दै जाँदा युट्युबमा तितेपाती खेतीका बारेमा जानकारी पाएँ,’ सनमले भने, ‘थोरै परिश्रम र लगानीमै राम्रो आम्दानी लिन सकिने रहेछ ।’
तितेपातीको पात र डाँठ औषधि बनाउन प्रयोग हुन्छ । पात र डाँठ प्रत्येक १५ देखि २० दिनमा संकलन गर्न सकिन्छ । यसको सुकेको पात तथा डाँठ प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गुरुङले सुनाए । ‘वर्षमा चार सिजन बिक्री गर्न मिल्छ । एक सिजनमा १० क्विण्टल उत्पादन हुन्छ,’ उनले भने, ‘अहिले बिरुवाबाट राम्रो आम्दानी छ ।’
ढा’ड र न’साका बिरा’मीको शरीर दु’खाइ निको पार्न प्रयोग गरिने औषधि बनाउन तितेपातीको प्रयोग हुन्छ । उनले बिरुवा पनि उत्पादन गर्न थालेका छन् । बिरुवा एक रुपैयाँ प्रतिगोटामा बिक्री हुन्छ । कठमाडौंको यामासो प्रा.लीले घरमै आएर खरिद गरेर लैजान्छ ।
जिल्लाको अन्य ठाउँका कृषकले यो प्रजातिको तितेपाती लागाउन थालेका छन् । बिरुवाको माग देशैभरबाट आएको सनमले बताए । यो तितेपातीबाट तयार हुने मोग्जा स्टिक जापान निर्यात हुने गरेको छ । मोग्जा स्टिक न’सा र ढा’ड दुःखा’इसँगै शरीरका विभिन्न रो’गको उपचार अर्थात् मोग्जा थेरापीका रुपमा पनि प्रयोग हुने गरेको छ । – वसन्त लिम्बू / अन्न’पूर्ण पो’ष्टबाट ।