
खोटाङ / खोटाङमा मा’नसिक स’न्तुलन गु’माएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हा’म फा’लेर ज्या’न गु’माए । बनिबु’तो गर्दै लालनपालन गरिरहेकी आमाले पनि दो’स्रो वि’वाह गरेर छा’डिन् । बाबुआमापछि घरको जेठो सन्तानका रूपमा रहेकी सविता पनि केही समयपछि विवाह गरेर प’राइ घर गइन् ।
त्यसपछि घरमा बाँकी रहेका बालबच्चाको अवस्था कस्तो होला ? त्यही अवस्थाबाट गु’ज्रिरहेका छन् खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे मावे टोलका १८ वर्षी’य मिलन, १४ वर्षी’य संगीता, १२ वर्षी’य टीका र ८ व’र्षीय पवन विश्वकर्मा । तीन÷चार वर्षको अवधिमा एकपछि अर्को गर्दै अभिभावकबाट टा’ढिएका चार बालबालिकाको अवस्था दय’नीय बनेको छ । हाल उनीहरू दुः’ख’जिलो गरेर जी’वन नि’र्वाह गरिरहेका छन् ।
घरमा आफूभन्दा जेठो दाजु भए पनि पारिवारिक जिम्मेवारी संगीताको क’लिलो काँ’धमा छ । बु’वाको मृ’त्यु भएदेखि नै मिलन काठमाडौं गएर ज्याला’मजदुरीको काम गर्दै बस्छन् । उनी कहिलेकहीँ मात्र घर आउने गरेका छन् । त्यस कारण पनि पारिवारिक जिम्मेवारी संगीताको काँ’धमा आ’इलागेको हो ।
हाल घराय’सीदेखि घर व्यवहार धान्ने काम उनैले सम्हालिरहेकी छन् । घरपरिवार धान्न परेकै कारण संगीताले कक्षा ६ बाटै आफ्नो पढाइलाई रो’केकी छन् । गाउँकै भानु आधाभूत विद्यालयमा अध्ययनरत संगीता लकडाउन खुलेयता विद्यालय गएकी छैनन् ।
लकडाउन खुल्दा संगीताको विद्यालय जाने बाटो नै बन्द भइसकेको थियो । भाइबहिनीलाई पढाउनुपर्ने पारिवारिक जिम्मेवारी बो’झका कारण विद्यालय जान नसकेको संगीता बताउँछिन् । आर्थिकरूपमा पनि विश्वकर्मा परिवार कमजोर छ ।
‘घरको कामले गर्दा, पारिवारिक समस्यले गर्दा विद्याल जान छाडेकी हुँ । भाइबहिनीलाई पढाउनका लागि दुःख गर्दैछु,’ उनले भनिन्, ‘दाजुले पनि भाइबहिनीलाई पढाउँछु भन्नुहुन्छ । दाजुले बिहे गरेपछि फ्रि हुन्छु, अनि पढ्न थालौंला ।’ टीका कक्षा ४ मा र पवन कक्षा ३ मा भानु आधारभूत विद्यालयमा पढ्छन् ।
बुबाको मृ’त्यु भएपछि तीन वर्षअघि आमा फुलमायाले दो’स्रो वि’वाह गरेकी हुन् । विक दम्पतीका चार छोरी र दुई छोरामध्ये कान्छी विमला आमासँगै छिन् । आमाले छा’डेको केही समयपछि परिवारको जेठी छोरी सविताले पनि विवाह गरिन् ।
बाबु रघुवीरको मृ’त्यु भएकै वर्ष जेठो छोरा मिलनले पनि कक्षा ७ बाटै पढाइलाई बिट मा’रिसकेका छन् । पढाइ छाडेर काठमाडौं बस्ने गरेका मिलन हाल विदेश जाने तयारीमा छन् ।
समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ खोटेहाङ गाउँपालिकाले चालु आर्थिक वर्ष ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरेको छ । सो कार्यक्रम उनै संगीताको गाउँमा पनि सञ्चालन भइरहेको छ ।
पारिवारिक बो’झका कारण विद्यालय जानबाट ब’ञ्चित संगीताको शिक्षादीक्षाका लागि गाउँपालिकासमक्ष छात्रवृत्तिको प्रस्ताव राखिएको ‘दलितसँग गाउँपालिका’ कार्यक्रमका सहजकर्ता इन्द्र नारथुंगे (इन्द्रकुमार राई)ले बताए ।
‘बाबुको मृ’त्युपछि आमाले अ’र्कैसँग वि’वाह गरिन् । त्यसपछि सो घरका बालबच्चा साहरा’वि’हीन बने । भाइबहिनीलाई नियमित स्कुल पठाए पनि संगीता आफँै विद्यालय जान सक्दिनन् । घरमा आम्दानीको स्रोत छै’न ।
दाजुले कमाएर पठाउने केही रकम र गाउँघरमा ब’निबुतो गर्दा आउने थोरै रकमबाट घरखर्च चलाउनु पर्ने बा’ध्यता छ,’ नारथुंगेले भने, ‘साँच्चै यस्ता साहरा’वि’हीन नागरिकको लागि स्थानीय सरकारहरूले साथ दिने हो भने सिंहदरवार गाउँ–गाउँमा पुगेको अनुभव प्रत्यक्ष गर्न पाइन्थ्यो ।’ इता’जा खब’रबाट ।