शुक्रबार १७ चैत्र २०७९

धनुषा / धनुषाको धनुषाधाम नगरपालिका वडा नं– ५ नौसयबिघामा हिन्दू–मुस्लिमले एकापसमा टिका लगाएर दशैं मनाएका छन् ।

शुक्रबार हिन्दू परम्पराअनुसार नौसयबिघाका स्थानीयले ‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरेको ‘वृहत टीका कार्यक्रम’मा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई टीका लगाइदिएर दशैं मनाएका हुन् ।

वृहत टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अथिति तथा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले कार्यक्रममा उपस्थित हिन्दू–मुस्लिमलाई टिका र जमरा लगाई दिएका थिए ।

यस्तै कार्यक्रममा उपस्थित मुस्लिम तथा हिन्दू समुदायले एकआपसमा टीका तथा जमरा लगाई दिएर लगाइ दिएर शुभकामना आदानप्रदान गरे।

कार्यक्रममा करिब तीन सयको उपस्थित थियो । जसमा लगभग ६० जना मुस्लिम समुदायकाले दशैंका टिका लगाएका थिए । नौसयबिघा गाउँमा दुई सय घर मुस्लिम समुदायको घर रहेको छ ।

बालेश्वर मण्डल, नगर प्रमुख धनुषाधाम नगरपालिका कार्यक्रमका प्रमुख आथिति तथा धनुषाधाम नगरपालिकाका नगर प्रमुख मण्डलले एक समुदायले मान्दै आएको धर्म, सँस्कृति र परम्परालाई अर्को समुदायले सम्मान गर्नुपर्ने बताए । उनले समाजिक भाइचारा र एकआपसमा सद्भाव कायम राख्न यस्तो कार्यक्रम भइरहनुपर्ने बताए ।

नगर प्रमुख मण्डलले यस नगरपालिकामा पहिलो पटक गरिएको भएपनि यसलाई निरन्तरता दिने बताए ।

यस्तै कार्यक्रमका संयोजक शंकर यादवले पहाडी समुदायले मात्र मान्दै आएको टीका लगाउन चलनलाई मधेशी तथा अन्य समुदायमा ब्यूँ’त्याउन यो कार्यक्रमको आयोजना गरेको बताए । विजय शाह / न्यु’ज 24 नेपा’लबाट ।

४०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया