
काठमाडौं, २९ असोज । नेपालस्थित विभिन्न देशका राजदूतहरुले पनि दशैं मनाएका छन् । उनीहरूले आज विजया दशमीमा टीका समेत लगाएका छन् ।
भारतीय राजदूत विजयमोहन क्वात्राले दशैं मनाएका छन् । उनले दशैंका उपलक्ष्यमा शुभकामना समेत दिएका छन् ।
चिनियाँ राजदूत होउ यान्छीले सहकर्मीहरुसँग दशैं मनाएकी छिन् । उनले दशैंमा खुशी व्यक्त गर्दै टीका लगाएको तस्बिर समेत सार्वजनिक गरेकी छिन् ।
अमेरिकी राजदूत र्यन्डी डब्लु बेरीले पनि दशैं मनाएका छन् । उनले पनि टीका लगाएर सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरिएको छ । रि’पो’र्ट’र्स ने’पा’ल’बाट ?