
बारा / नेपाल सरकारका वन तथा वातावरणमा मन्त्री मा: राम सहाय प्रसाद यादव को निजि निवा’सलाई लिएर यति बेला सामाजिक संजालमा च’र्चा चुलिएको छ।
जनता समाजवादी पार्टी नेपालका तर्फबाट मन्त्री बनेका यादव मन्त्री बनेपछि पहिलो पटक बाराको आफ्नो निजि निवासमा पुगेका हुन् ।
सामन्य बासको बेरा लगाएको घर ढोकामा जुटको बोरा झुण्ड्याएको छानामा आधा जस्ता पाता आधा फुसको छाना ले ढाकेको घर मा अहिले पनि उहाको जिवन साथि चम्पा देवि सहित परिवार बस्ने गर्दछ।
शिक्षण पेसा चट’क्कै छा’डेर राजनीतिमा पूर्णकालीन भएका रामसहाय यादवको बास अहिले पनि गोठमा छ, एकातिर गाईभैंसी छन्, अर्कातिर उनको परिवार छ ।
यादव छाप्रोमै बस्दा पहिलो संविधानसभाताका २०६४ मा तत्कालीन मधेसी जनअ’धिकार फोरमबाट सभासद भएका थिए ।
उहि मन्त्री यादवलाई आज गाउँ पुग्दा श्रीमती चम्पाले टहरा अगाडी को आगनमा फुलमालाले स्वागत गरेका छन् ।
मन्त्रीहरुले सत्ताको आ’डमा अ’कुत स’म्पत्ति कु’म्लाएर वि’लासि जिवन शैलि अप’नाएको भन्दै आ’लोचना खे’प्नु परिरहेको यो बेलामा यादव एक मात्र उदाहरणिय पात्र भएको भन्दै सर्वथा उहाको च’र्चा चु’लिएको छ र सबैले उहाँको यो पाटो प्रति सम्मान प्र’कट गरेका छन् ।
पत्नी र तीन सन्तानसहित उनको परिवारको बास अहिले कलैया–५ मा गोठमा छ । बारा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत सिम्रौनगढ–९ कचोर्वा स्थायी घर भएका उनी पछिल्लोपटक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । संघीय समाजवादी पार्टीबाट उ’ठेका उनले दोब्बर मतले कांग्रेसका पुराना तथा प्र’भावशाली नेता राधेचन्द यादवलाई परा’जित गरेका थिए । स्या’मुना अनलाई’नबाट ।