
काठमाडौं / रेडियो कान्तिपुरको स्टेशन म्यानेजर तथा कलाकार, निर्माता,बरिष्ट संचारकर्मी दिनेश डिसीको पिताको नि’धन भएको छ । पिता गोविन्द बहादुर दहालको नि’धन भएको खबर बिभिन्न सामाजिक संजालमा सार्वजनिक भएको छ ।
दिनेस डिसी आफैले पनि आफ्नो पिताको नि’धन भएको पुष्टी गरिसकेका छन् । दशैको बेला के कति कारणले नि’धन भयो भन्ने बारेमा भने उनले कुनैपनि कुरा खुलाएका छै’नन् ।
उनको नि’धन पछि एमालेका नेता इश्वर पोख्रेलले पिता गोविन्द बहादुर दहाललाइ श्रद्धा’ञ्जली दिदै गरेको तस्विर पनि उनले आफ्नै फेसबुकमा सार्वजनिक गरेका छन् । उनले आफ्ना आफन्त र शुभचिन्तकलाइ पशुपति आ’र्य’घा’टमा आफ्ना पिताको अ’न्तिम सं’स्कार गर्ने जानकारी पनि दिएका छन् ।
स्थापना कालदेखि नै रेडियो कान्तिपुरमा आवद्ध डिसी ‘आवाजको दुनियाको साथी’ नामले चर्चित छन् । पछिल्लो समय उनले रेडियोमा ‘घुम्ने मेच’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए । कलाकार, लेखक,निर्माता, निर्देशक डिसी बहुमुखी प्रतिभाको धनी हुन् ।
केही वर्ष चलचित्र निर्देशन र टेलिभिजनमा सक्रिय डिसी विगत केहि बर्ष वर्षदेखि रेडियो कान्तिपुरमा कार्यरत छन् । उनि चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका सल्लाहाकार समेत हुन् । इता’जा खब’रबाट ।