आइतबार १२ चैत्र २०७९

ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा नवरात्रको समय अवधिमा १९ हजारभन्दा बढी भक्तजनहरूले पूजापाठ गरेका छन् । नवरात्रीको समय अवधिमा भक्तजनहरू पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेका हुन् ।

नेपालीहरूको महान चाड बडादसैँ तथा नवरात्रीको दिनदेखि १९ हजार ७५० जना भक्तजनहरू पाथिभरा मन्दिरमा पुगेर पूजापाठ गरेका माथिल्लो फेदी प्रहरी चांैकीका प्रहरी इन्र्चाज लोकबहादुर थापाले बताए ।

दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीहरूले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।

नवरात्रको पहिलो दिनदेखि नौ दिनसम्म अर्थात् टीकाको अघिल्लो दिन (बिहीबार)सम्ममा पाथीभरा मन्दिर क्षेत्रमा तीर्थ यात्रीहरूको घुइँचो लाग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

को’रोनाको कारणले नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो तर, गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुला गरेको हो । पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थ यात्रीहरूको चहलपहल बढ्न थालेको हो ।

पाथीभरा मन्दिर क्षेत्रमा तीर्थ यात्रीहरूको भि’डभाड बढेसँगै यातायात व्यावसायी, होटल व्यावसायी र तीर्थयात्री सहयोगीहरू उत्साहित भएका छन् । शरद ऋतुमा पाथीभरा क्षेत्रको भ्रमणका लागि मौसम पनि उपयुक्त हुने र नवरात्रको अवसरमा नै पाथीभरा दर्शन अनि पूजाआजा गर्दा विशेष पुन्यलाभ हुने मान्यताका कारणले यही समयमा विशेष गरी पाथीभरा क्षेत्रमा भक्तजनहरूको भि’ड लाग्ने गर्दछ ।

५८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया