आइतबार १७ मंसिर २०८०

एजेन्सी/ यो वर्ष आउने नयाँ आइफोनमा थुप्रै फिचरको साथ सुधार पनि देखिने प्रयोगकर्ताबिच अपेक्षा छ।

एप्पलले आइफोन–१२ मा देखिएका केही समस्यालाई हटाएर अब सार्वजनिक हुने आइफोन अझै राम्रो बनाउन सक्ने ह्वाट हाइफाइले उल्लेख गरेको छ।

एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार सन् २०२१ मा एप्पलले आइफोन–१३ सार्वजनिक गर्न सक्नेछ।

यो नयाँ आइफोनको नाम तय नभएपनि अहिलेसम्म यसलाई आइफोन–१३ भनेर सम्बोधन गरिरहेको छ।

आइफोन–१३ का सिरिज पनि आइफोन–१२ जस्तै हुने हल्ला छ। आइफोन–१२ मिनीको बिक्री राम्रो नभएको कारण नयाँ आइफोनको मिनी संस्करण उत्पादन नगर्ने बताइएको छ।

यो नयाँ उत्पादनमा तीनवटा सिरिज हुनसक्ने छ। जसमा आइफोन–१३, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्स।

आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्स मोडलमा १२० एच.जेट आकारको स्क्रिन, नोचको आकार सानो र लाइटनिङ पोर्ट हुने विश्लेषक मिङ–ची कुओको भनाइ छ।

यसैगरी नयाँ आइफोनको ब्याट्री पनि ठूलो हुने र यसमा क्वालकोमको स्न्यापड्रागन एक्स–६० मोडेम प्रोसेसर हुने रिपोर्टले जानकारी दिएको छ।

१४१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया