शुक्रबार २२ मंसिर २०८०

युएई / युएई सरकारले अब अमेरिकाले जस्तै पर्यटक भिसामा युएई जानेका लागि पाँच वर्षको पर्यटन भिसा दिने घोषणा गरेको छ । सोमबार युएईका राष्ट्रपति तथा प्रधानमन्त्री शेख महम्मद बिन राशिद अलमकतुम तथा मन्त्री मण्डलद्धारा घोषणा गरिएको उक्त पर्यटक भिसा सबै राष्ट्रका नागरिकहरुलाई पाँचवर्षका लागि मल्टिपल भिसा दिने भएको हो । युएई सरकारको उक्त निर्णयको सबैतिर सह्राना गरिएको छ ।

२०१९ मा २१ मिलियन (झण्डै २ करोड १० लाख ) पर्यटक भित्राएको युएईले पर्यटकलाई अझ बढी आकर्षित गर्नका लागि पर्यटन भिसा ५ वर्षका लागि दिइने घोषणा गरेको बताइएको छ । उक्त भिसा लागेको पर्यटकले पाँचवर्षसम्म युएई आवत-जावत गर्न पाउनेछन् ।

जसमा भिसा फि कति लाग्ने र उक्त भिसाका लागि नियम कानुनहरु के-के हुन् भन्ने विस्तृत आइसकेको छैन ।

त्यस्तै युएई सरकारले केही समय अगाडि १० वर्षका लागि १० वर्षे गोल्डेन रेसिडेन्सी भिसा दिइने घोषणा गरेको छ । जुन भिसा १० मिलियन दिरहाम (झण्डै ३१ करोड रुपैयाँ) लगानी गर्ने विजनेसम्यानहरुका लागि भएको बताइएको छ ।

त्यस्तै इन्जिनियर डाक्टर बैज्ञानिक तथा विजनेशम्यानहरुको लागि पनि पाँचवर्षे रेसिडेन्सी भिसा दिइने घोषणा समेत गरिसकिएको छ । उक्त भिसा उनीहरुको योग्यता हेरेर दिइने बताइएको छ ।

त्यस्तै १ वर्षको रेसिडेन्सी भिसा महि’लाको लागि भएको बताइएको छ । कुनै पनि बिदेशी म’हिला युएईमा रहँदा उसको श्रीमानको मृ’त्यु भएमा ती महिला र उनका बालबालिकाका लागि उक्त १ वर्षे भिसा दिइने बताइएको छ । यस्तो भिसाले पर्यटकहरु लामो समय युएईमा रहने तथा विजनेश व्यवसाय गर्ने विश्वास युएईका उद्योगीहरुले गरेका छन् ।

५११ पटक हेरिएको

तपाईको प्रतिक्रिया